२६ चैत्र
गुल्मी । नेपाल पत्रकार महासघको निर्बाचनमा गुल्मी शाखा प्रगतिशील तथा लोकतान्त्रिक प्यानलले जितेको छ ।
बुधबार भएको निर्वाचनमा गुल्मी जिल्लामा टोपलाल अर्याल सहितको प्यानल बिजयी भएको हो । अर्यालले प्रेस चौतारी (नेपाल समूह) प्रेस सगठन र प्रेस युनियनको सयुक्त प्यानलबाट नेतृत्व गरेका थिए । अन्तिम मत परिणाम अनुसार अर्यालले जम्मा खसेको ५८ मध्ये ३० मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी अनिल खत्रीले २७ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो ।
उपाध्यक्षमा रेशम कुवरले ३९ मत प्राप्त गरेका थिए उनका प्रतिद्वन्दी कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा सीता भण्डारीले ३५ मत ल्याएर बिजयी भइन भने अम्बिका आचार्यले २३ मत ल्याइन । सचिबमा प्रेम सुनारले ३७ मत पाए । उनका प्रतिस्पर्धि ज्ञान बहादुर महतराले २१ मत ल्याए । सह-सचिबमा तिलाचन पाण्डेले ४२ मत प्राप्त गरे । पाण्डेसङ्ग प्रतिस्पर्धा गरेका अर्जुन भण्डारीले १६ मत ल्याए । समाबेशी स-सचिबमा तेजेन्द्र कुमार श्रेष्ठले ४० मत पाए उता लोकप्रसाद छन्त्यालले १८ मत ल्याए । कोषाध्यक्षमा कौरब खत्रीले ३४ मत ल्याएर जित हासिल गरे उनका प्रतिद्वन्दी नारायण मरासिनीले २३ मत प्राप्त गरे ।
६ पदका लागि भएको खुल्ला सदस्यमा ७ जनाको उम्मेद्बारी परेको थियो । जसमा अजय खड्काले २८ मत प्राप्त गरेर उपबिजेता हुनुपर्यो । ६ जना बिजयी हुनेमा अश्बिन बोहोरा महेशले ४४ मत ल्याए । दुर्गा बहादुर खडका क्षेत्रीले ४३, मनोज कार्कीले ४०, यादव प्रसाद ज्ञवालीले ३८, हुमाकान्त पोखरेलले ४५ र हेमलाल भण्डारीले ४० मत ल्याएर बिजयी भएका हुन ।
महिला सदस्यमा सरस्वती जि सिले ३३ मत ल्याइन । गगा खडकाले २६ मत प्राप्त गरिन । दलित सदस्यमा रमेश बिश्वकर्मा ३९ मत सहित बिजयी भए । उनका प्रतिद्वन्दी सुर्य सुनारले १९ मतमै चित्त बुझाउन पर्यो ।
जिल्ला शाखाको १५ पदको लागि भएको निर्बाचनमा सबै पदमा अर्यालको सयुक्त प्यानल बिजयी भएको हो । केन्द्रिय परिषद सदस्य जनार्दन घिमिरे र नवराज भुषाल साथै प्रदेश परिषद सदस्य घनश्याम खरेल हरिकुमार श्रेष्ठ तारा भुषाल र तिलक महत यश अघिनै निर्बिरोध निर्बाचित भएका हुन ।
गुल्मीमा भएको निर्बाचनमा केन्द्रीय समितीको लागि बिपुल पोखरेलले ३९ मत र निर्मला शर्माले १९ मत प्राप्त गरेको निर्बाचन समितिले खुल्ला न्यूजलाई बताएको छ । साथै लुम्बिनी प्रदेशको लागि पनि गुल्मीबाट वसन्त गिरिको प्यानलले अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर