२५ बैशाख
बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सासद कमलराज श्रेष्ठले आफुहरु स्वार्थी र ढोगी भएको बताएका छन ।
अन्यनेता भन्दा आफुलाई फरक छबि बनाएका नेता श्रेष्ठले यतिबेला कम्युनिस्ट र मुख्यत आफ्नै पार्टिका नेताहरु बाहिर एकथरी नाम जप्ने तर भित्र आफुहरुको स्वार्थ पूरा गर्ने स्वभाव भएको भन्दै आक्रोश ब्याक्त गरेका छन ।
उनले भनेका छन हामी मार्क्स र लेनिनलाई प्राधिकरण मान्छौँ मार्क्स र लेनिनका नाम जप्छौँ तर के मार्क्स र लेनिनका पद चिन्हमा हिँडेका छौँ त ?
नेकपा ( एमाले) का अनुयायीहरुले पुष्पलाल र मदन भण्डारीलाई पेवा सम्झन्छौँ र उनिहरुको नाम जपेर थाक्दैनौ तर पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा साँच्चै हिँडेका छौँ त ?
नेता श्रेष्ठ एमाले भित्र लुम्बिनी प्रदेश सदस्यमा सिनियर र बौद्धिक नेता हुन । सुरुमै उनी मन्त्री बन्ने चर्चा निकै चलेको हो त्यसबेला उनी ओलिको बिस्वासपात्र हुन नसकेकै कारण मुख्यमन्त्री पोखरेलको रिङ्ग भित्र समेटिन सकेनन। पछि नेकपाको चरम बिबादको बेला उनी केही समय तटस्थ बसेपछि नयाँ मन्त्री मन्डलमा समेटिन सक्ने आकलन गर्दै अध्यक्ष ओलि समुहमा आफुलाई उभ्याएको उनी निकट नेताहरुले बताउछन । यसपाली पनि श्रेष्ठ मुख्यमन्त्री पोखरेलको १० सदस्य मन्त्री परिषदमा अटाउन सकेनन, उनी माथी अन्याय भयो , केपि ओलि पक्षधर नैताहरुनै गुनासो गर्छन ।
नेता श्रेष्ठले समाजिक सन्जाल फेसबुक मार्फत घुमाउरो गरि आफ्नो असन्तुष्टि ब्याक्त गरेका छन । उनले भनेका छन ।
हामी स्वार्थी र ढोँगी हौँ ?
गौतम बुद्धलाई हामी कहाँ जन्मेका हुन् भनेर गर्व गर्छौँ , छातीमा लेख्छौँ Buddha was born in Nepal भनेर नारा पनि लगाउँ छौँ तर बुद्धले भनेका कुरा १%पनि कहिल्यै अनुसरण गरेका छौँ ?
नेपालका कम्युनिष्टहरुले मार्क्स र लेनिनलाई प्राधिकरण मान्छौँ मार्क्स र लेनिनका नाम जप्छौँ तर के मार्क्स र लेनिनका पद चिन्हमा हिँडेका छौँ त ?
नेकपा ( एमाले) का अनुयायीहरुले पुष्पलाल र मदन भण्डारीलाई पेवा सम्झन्छौँ र उनिहरुको नाम जपेर थाक्दैनौ तर पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा साँच्चै हिँडेका छौँ त ?
अत: हामीहरु स्वार्थीहौँ , ढोँगी हौँ ? हामीहरु उनीहरुका अनुयायी हैनौ उनिहरुको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गरिरहेका छौँ ?
अहिले महाभारतको यक्ष हुँदो हो त युधिष्ठिरलाई यही प्रश्न गर्ने थियो सायद !




