नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा
ओली २०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । तर २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट नेता माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेर उनले पार्टीको नेतृत्व सम्हालेका हुन । यद्यपि महाधिवेशनबाट माधब समुहकै प्रतिबेदन पास भयो र पधाधिकारीमा पनि माधब पक्षकै बहुमत भयो , केन्द्रिय समितिमा समित बहुमत ओलिको भएपनी अन्य सबै कमिटिमा माधब पक्षकै बर्चस्व भयो ।

नयाँ संविधान घोषणा भएलगत्तै माओवादीको समर्थनमा २०७२ असोज २४ गते उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीले प्रचण्डसङ्ग गरेको सर्त अनुसार अगाडि नबढेपछी प्रचण्डकै अविश्वास प्रस्तावका कारण २०७३ साउन २३ गते सत्ताच्युत भएका थिए । त्यसको झण्डै डेढ बर्षपछि उनी दोस्रो पटक पनि प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका छन ।

ओलि आफू मात्रै चतुर होइनन उनले आफू निकट सबैलाई त्यही कलासमा अगाडि बढाउने गरेको बताइन्छ । उनको चतुर्‍याइँ धुर्त्याई र नागरिकमा सधै राष्ट्रबादी कसरी बनिरहने भन्नेमा राम्रोसङ्ग थाहा छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसङ्ग निकै तिक्तता भएका ओलिले आफू सुरक्षित रुपमा पाँच वर्षे प्रधानमन्त्री बन्न पाउने र राष्ट्रपति पनि आफू अनुकुलको ब्याक्तिलाई बनाउन पाउने भएपछी नाट्किय रुपमा पार्टी एकता गर्न राजी भएको उनकै पार्टीका नेताहरु बताउछन । एकातिर माधब समुहलाई कर्नर पारिरहने उनको मिसन पूरा भयो भने अर्कोतिर आफू शक्तिशाली पार्टिको तर्फबाट सत्ताको नेतृत्व सधै आफ्नो हातमा रहिरहने सपना पनि पूरा गरे।
सुरुमा केही जनमुखी काम नगरेका पनि होइनन तर बिस्तारै ओलि आफ्नो वरिपरिको घेराभन्दा बाहिर जान सकेनन ।

पार्टी एकता गरेर नेकपाका अध्यक्ष समेत भएका ओलिलाई आफ्नो सानो झुण्डमा मात्रै रमाउन थालेको आरोप पार्टिभित्रबाटै लाग्न थाल्यो । उनि निकट मन्त्री गोकुल बास्कोटाले पनि ७० करोडको कमिसनको डिल गरेको अडियो बाहिरियो र मन्त्रीबाट त बरखास्त भए तर ओलिले राम्रैसङ्ग बास्कोटाको बचाउ गरे । यो काण्डमा ओलिको उचाइ केही खस्कियो । उता बालुवाटार जग्गा प्रकरणमा उनका भरोषाका पात्र बिष्णु पौडेल मुछिए, कुरा सतहमै आउदापनी ओलिले पौडेललाई बचाउ नै गरिराखे । ओलिका अर्का बिस्वाशपात्र महेश बस्नेतलाई सासद अपहरण गरेको आरोप लाग्यो तरपनी ओलिले घुमाइफिराई सरक्षण गरे। उता ओलि समुहकै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई लेखा समितिले कोरोनाका सामाग्री खरिदमा झण्डै डेड अरब भ्रष्टाचार गरेको भन्यो तर ओलिले उनलाई मन्त्रालय मात्रै परिवर्तन गराए ढकालको बचाउमै लागे ।

पार्टि भित्रैको चरम दवाब र स्थायी समितिको निर्णयका कारण प्रधानमन्त्री ओलिले कालापानी लिपुलेक समेटिएको चुच्चे नक्सा त ल्याए तर भारतिय दवाब खेप्न सकेनन । संविधान संशोधन समेत गरेर नक्सा परिवर्तन भैसक्दा पनि उनैले पछि पुरानै नक्सा प्रयोगमा ल्याए । उता निकै तामझामका साथ भारत भ्रमणमा गएका ओलिका पृय पात्र एवम परराष्ट्र मन्त्री भारतमा आफ्ना कुरा राख्न समेत पाएनन । मोदिले भेटने समय समेत उपलब्ध गराएनन । यतिसम्मकी ज्ञवालीको भेटघाट कक्षमा भारतले नेपालको झण्डा पनि नराखी दुईवटा भारतका झण्डा राखिदियो ।

प्रधानमन्त्री ओलिलाई भारतकै इसारामा प्रतिनिधि सभा विघटन गरेको आरोप पनि पार्टी भित्रै र बाहिरबाट खेप्नु पर्यो । MCC जुनसुकै अबश्थामा पनि ससदबाट पास गर्नु पर्ने अमेरिकाको दबाब ओलिले बोकिरहनु पर्यो । आफ्नै पार्टिबाट MCC को व्यापक बिरोधका बिच ओलिलाई सत्ता बचाउन अमेरिका र भारतको बिस्वास लिन निकै गाह्रो परेको हुनसक्ने बिश्लेषकहरुको आकलन छ। एकातिर ससद बिघटनले लुथ्रुक्कै परेका ओलिलाई भारतिय रअ प्रमुख सामन्त गोयलसङ्गको गोप्य भनिएको भेटघाट बाहिरिएपछि उनको भारत बिरोधी राष्ट्रबादी छवि पुरै नाङ्गिएको उनकै पार्टिका बरिस्ठ नेताहरुले भन्न थाले ।

सर्बोच्च अदालतले बिघठित प्रतिनिधि सभालाई पुनर्जिबन दिएपछी आत्तिएका ओलिलाई पुन: सर्वोच्चले नै पार्टी बिभाजन गरिदिएर उनको पुनरुत्थान त गरिदियो तर ओलिलाई आफू वरिपरि रमाइरहेका र लाभ लिईरहेका केही नेताहरुले सिङ्गो पार्टिको नेता हुन नदिएको माधब पक्षधरको आरोप ओलिले खेप्नु पर्यो ।
अदालतले २०७५ जेठ ३ भन्दा पहिलेको अबश्थामा फर्किन आदेश गरेपनी ओलि त्यता फर्किएनन उनले आफ्नो टिम मजबुत बनाउन तर्फ जोडजुलुम गरेर लागे । नेकपा बिभाजनसङ्गै माओबादीबाट ओलिसङ्ग रहेका नेताहरु उनको प्राथमिकतामा परे तर माधब समूहलाई पार्टिमा जिम्मेवारी बिहिन बनाइदिए ।
उता गण्डकी प्रदेशमा जनमोर्चाका सासदलाई नक्कली बिरामी बनाएर हस्पिटल भर्ना गराएर अबिस्वासको प्रस्ताव छल्न खोजेको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ओलि समुहको ब्यापकै बिरोध भयो । साथै सत्ता बचाउन दिपक मनाङ्गेलाई मन्त्री बनाएको आरोप ओलि समुहलाई लाग्यो । गण्डकी प्रदेशको घटना सेलाउन नपाउदै लुम्बिनी प्रदेशमा त्यस्तै काण्ड बन्यो मुख्यमन्त्री शकर पोखरेलको । अबिस्वासको प्रस्ताव झेलीरहेका पोखरेलले बिस्वासको मत ल्याउनु पर्नेमा अर्कै बाटो अपनाए र राजीनामा दिए । ससदिय दलमा आफ्नो बहुमत रहेको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी गरे र नियुक्ति पनि भए तर सफतग्रहण गर्नै मुस्किल भयो पोखरेललाई एमालेकै सासद उनी विरुद्ध उभिए । प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यकक्षमै ल्याएर सफत त खाए तर उनलाई अल्पमतको मुख्यमन्त्री भएको भन्दै जनस्तरबाट समेत व्यापक बिरोध भयो । तत्कालै एमालेका २ मन्त्री माओवादी खेमामा लागे भने एकजना काग्रेसमा प्रबेश गरे अन्तत पोखरेल अत्पमतमै मुख्यमन्त्री भैराखे ।
उता औषधि खरिद प्रकृयामा कमिसन नमिलेर रोकिएको भन्ने कुरा बाहिरियो र प्रधानमन्त्री समेत सलग्न रहेको भन्ने कुराले ओलिलाई थप नैतिक सकट पैदा गरिदियो । साथै स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठिको समेत ओलिकै कारण खोप ल्याउन नसकिएको भन्ने सन्देशले ओलिको राष्ट्रवादी पारो धेरै तल झर्यो ।

पछिल्लो पटक कोरोना भाइरस कोभिड-१९ महामारीले नागरिकहरु आक्रान्त भैरहेको बेलामा पनि प्रधानमन्त्री ओलि आफ्नो सत्ता बचाउको लागि मात्रै निरन्तर एकपछी अर्को बिकल्प खोज्दै हिडनुले उनलाई नागरिक स्तरबाटै बिस्वास गुमाउदै गएको आकलन गर्न थालेका छन ।

देशको शक्तिशाली पार्टी (नेकपा )झण्डै दुईतिहाई प्राप्त पार्टिलाई बिभाजनको तहमा पुर्याएको र एमाले समेत बिभाजन गर्न लागिपरेको ओलिलाई उनकै पार्टिका नेतहरुले आरोप लगाइरहेका छन । हुनपनी आफ्नै पार्टीमा बिस्वास गुमाएर सत्ता टिकाउनको लागि कहिले जनता समाजबादी पार्टी त कहिले नेपाली काङ्ग्रेसको साथ पाउन बिन्ती बिसाइरहेका छन । अन्त्यमा ओलिले प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवासमै पुगेर आफ्नो पक्षमा बिस्वासको मत दिन अनुरोध गरे तर देउवाले रित्तो हात फर्काइदिए । जसपामा महन्त ठाकुर पक्षले ओलिलाई केही भरोसा दिएपनी अन्तत ठाकुर उपेन्द्र बाबुरामकै लाईनमा पुगेपछि ओलिलाई थप सकट पैदा भयो ।
सबै बिकल्प सकिएपछी फेरि आफ्नै पार्टिका बिरोधी खेमालाई रास्ट्रपतिसङ्ग अनुरोध गरेर सम्झाईबुझाई गर्न लागाए, आफुले पनि ठुलै मिहिनेत गरे । दोस्रो तहका नेतालाई पनि लगाए तर पटक पटक ओलिले बिस्वस्नियता गुमाएको भन्दै माधब पक्षले लिखित सम्झौता गर्नुपर्ने र २०७५ जेठ ३ अगाडिको पार्टी सरचनामा जानुपर्ने माग राखेपछी ओलिलाई ठुलै गलपासो बने पछिल्ला निर्णयहरु । अब न त ओलि माधब समुहसङ्ग झुकेर माग पूरा गर्न सक्छन न त अगाडि जान सक्ने कुनै उपयुक्त बिकल्प बाकी छन । त्यसैले पार्टी भित्रै र बाहिरबाट पनि प्रधानमन्त्री ओलिको ओरालो यात्रा सुरु भएको आकलन गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर