शिव सुवेदी
२८ बैशाख,गुल्मी । नेपाल पत्रकार महासघं गुल्मीको अभियानमा गुल्मेली समाज जापान जोडिएको छ ।
पत्रकार महासघं गुल्मीले स्थापना गरेको कोभिड उपचार सहयोग अभियानमा गुल्मेली समाज जापानले हातेमालो गदै सहयोग सकंलनमा जुटेको समाजका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिनुभएको छ । अध्यक्ष भण्डारीका अनुसार नेपाल पत्रकार महासघं गुल्मीले सरकारलाई सक्रिय बनाउदै अस्पतालहरुसगँ समन्वय गरेर कोभिड १९ नियन्त्रण तथा उपचारमा चालेको उक्त अभियानमा आफुहरु जोडिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो । जिल्लामा तत्काल देखिएको अक्सिजनको समस्या,आइसोलेसन,एम्बुलेन्स तथा स्वास्थ्य सामाग्रीहरुमा सहजीकरण गर्ने उदाहरणिय अभियान सञ्चालन गरेकोमा पत्रकार महासघं गुल्मी शाखालाई गुल्मेली समाज जापानको तर्फवाट धन्यवाद दिन चाहान्छौ अध्यक्ष शालिकराम भण्डारीले भन्नुभयो“समाजलाई औपचारिक पत्र मार्फत सहयोगको अपेक्षा गर्नुभएकाले पनि हामीलाई थप जिम्मेवारी बनाएर सहयोग अभियानमा जुटन मद्दत पुगेको छ ।” उहाँका अनुसार समाजले सार्वजनिक अपिल मार्फत सहयोगको लागि आग्रह गरेको बताउनुभयो । गुल्मेली समाज जापानले सम्पूर्ण गुल्मेली लगायत जापानमा रहनु भएका नेपालीहरुलाई समाजसगँ जोडिएर यस पवित्र अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।
विश्वभर फैलिएको कोभिड १९ को असर गुल्मीमा पनि देखिएकाले जिल्लामा अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासघंले अक्सिजन जुटाउ अभियान सञ्चालन गरेको हो । पत्रकार महासघंको अभियानमा अहिलेसम्म ५ लाखभन्दा बढी रकम सकंलन भैसकेको अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभएको छ । अर्यालका अनुसार महासघंले २० वटा अक्सिजन सिलीन्डर खरिद गर्ने काम गरिएको बताउनुभयो । गुल्मी पत्रकार महासघंले आफ्नै भवनमा अक्सिजन सहितको ५ वेडको आइसोलेशन समेत तयार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर