१४ जेठ
हुमाकान्त पोखरेल । नेपाल रेडक्रस सोसाइटी, गुल्मी शाखाका एम्बुलेन्स चालक लाल बहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ बर्षिया सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार राति ९ बजेको समयमा एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका  थिए । पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । कुटपिटपछि घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । निजलाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने बिषयमा टुङ्गो लाग्ने सुचना अधिकारी पाण्डेले बताउनुभयो । उनीहरुले साथिहरुसँग सँगै बसेर मदिरा सेवन गरेको र छाताको बिषयमा झगडा हुँदा कुटपिट भएको अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर