१७ जेठ
गुल्मी । लुम्बिनी प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा रेसुङ्गा क्याम्पसका मधुसूदन पाण्डे प्रथम भएका छन ।
सामाजिक विकास मन्त्रालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय महिला अधिकार दिवश २०७८ को अवसरमा स्नातक तह स्तरिय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
सोमबार मुल्यांकन समितिले प्रकाशन गरेको नतिजा अनुसार गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसका बिद्यार्थी मधुसूदन पाण्डे प्रथम भएका छन । उनले नगद ५ हजार राशीको पुरस्कार जितेका हुन । मान्डब्य बहुमुखी क्याम्पस दमकडा पाल्पाका ईन्द्र न्यौपाने दोस्रो भै ३ हजार राशिको पुरस्कार जितेका छन । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाकै प्रगती भण्डारीले तेस्रो भै २ हजार को पुरस्कार जितेकी छन । गुल्मिको मानका टिकाराम बहुमुखी क्याम्पसकी बिना भण्डारीले र भैरव बहुमुखी क्याम्पस छहरा पाल्पाकी सृष्टि बरालले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन । निबन्ध प्रतियोगिता अनलाइनबाट गरिएको थियो ।




