२ असार
गुल्मी । गुल्मीका दर्जनौ ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केहीबस्ती र दर्जनौ सख्यामा घरहरु जोखिममा परेका छन । मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् । उता मदाने गाउँपालिकाको म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् ।
रुरुको रिडि बजार डुबानमा परेको छ । कालीगण्डकी र रिडि खोलाको सगम स्थल नजिकका बस्ती जोखिममा परेका छन ।
रूरूक्षेत्र गाउँपालिका-१ लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका- ४ पुर्तिघाटमा एक घर र शिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन् ।
निरन्तरको वर्षाले जिल्लाका मुख्य सडकहरु अबरुद्ध भएका छन । पहिरोका कारण रिडि-रुद्रबेणी-वामिटक्सार सडक खण्ड अन्तर्गत सत्यवति गाउँपालिका – ६ उल्लिखोला र साहाघाटमा सडक अवरुद्ध भएको छ । साथै अन्य धेरै ठाउमा पहिरो खसेको बताइएको छ ।
मुसिकोट तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ । साथै इन्द्रेगौडाबाट तम्घास जाने बाटो पनि अबरुद्ध भएको छ ।
कालीगण्डकी-४ पुर्तिघाटमा पनि खहरे खोला बढेर सडक अवरुद्ध भएको छ । रिडि तम्घास जाने सडक अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ तम्घास नजिकै भंगारिमा झरेको पहिरोले सडक अवरुद्ध छ ।
रूरूक्षेत्र गाउँपालिका-४ मा पनि सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकोले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । साथै सदरमुकाम तम्घासबाट पश्चिम् जाने मुख्य सडक अबरुद्ध भएको हुनाले मगलबार देखिनै कोरोना सक्रमित समेत अस्पताल पुग्न सकेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर