५ असार
गुल्मी । चाहे पुष माघको जाडो होस या चैत बैशाखको गर्मी , साउन भदौको झरी पनि खुल्ला आकाशमुनी मानव जीवन बिताइरहिन दामन्ती घर्ती मगरले ।
करिब दुई दशक भन्दा धेरै भयो उनलाइ त्यही टोल त्यही गाउँ र त्यही समाजले चिनेको पनि तर उनको रहस्यमय जिवनप्रति कसैले चासो लिएनन । उमेर छँदासम्म अर्काको निमेक अर्थात पेलापात गरेर जीवन गुजारा गरिन जब उमेर ढल्किदै गयो, उनको बास सार्बजनिक पाटिपौवा र बाटैमा हुन थाल्यो । उनी को हुन धेरैलाई स्पस्ट थाहा छैन । जानकारहरु भन्छन, २०५६ सालतिर भारतबाट यहाँ आएकी हुन । दामन्तिको माइत रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घाको टाहाटिम माथी गरगरे भन्ने ठाउँका सिजाली परिवारमा भएको स्थानिय बताउछन । उनको दाइ थिए, उनको पनि चाडै नै मृत्यु भएको हो । आजसम्म उनको घर कहाँ हो ? उनी कसरी उमेरमै भारत पुगिन र किन एक्लै बेवारिसे अबश्यामा फर्केर आइन यो बारेमा कोहिपनी जानकार छैनन, नत उनले भन्दै हिडिन । उनको आफन्तपनी कोहि छैनन ।
भारतबाट आएपछि सौरडाँडा रुद्र घर्तिको घरमा तीन महिनासम्म बसिन । स्थानिय भन्छन उनले आउँदा केही पैसा लिएर आएकी थिइन जब पैसा सकियो त्यसपछी घरकाले पाल्न नसक्ने भनेपछी त्यहाँबाट निस्किन । केही समयपछी त्यही गाउँका पुर्ण बहादुर सार्कीको घरमा ५ वर्षसम्म बसिन । संयोग भनौ या दुर्भाग्य भन्नुपर्छ त्यो घरपनी भत्कियो । त्यसपछि गाउँमै मेलापात, ज्यालामजदुरी गर्ने, जहाँ गयो त्यही खाने र बस्ने गर्न थालिन । तर उमेरले पर्खेन, जब काम गर्न नसक्ने भइन ज्याला मजदुरि गरेर ज्यान पाल्ने उनको दिन सकिए । दामन्तीको जीवन मगन्ते अबस्थामा पुग्यो । उनले गाउँमै मागेर छाक टार्न थालिन । नत उनको जिवनमा नयाँ कपडा फेराउने कोहि भयो न त उनलाई मीठो खुवाउने कोहि । उनको शरीरमा न्यानो दियो त केबल दिउसको आकाशको घामको तापले, शित्तल बनायो बुटाको छहारीले । धरैजसो सडकमै दिनरात गुजार्ने उनी कहिलेकाही स्कुलका पेटि त कहिले सार्वजनिक प्रतीक्षालयमा ओत लाग्ने गर्थिन ।
उनिसङ्ग आफन्त भए, नागरिकता भए, मतदाता सुचिमा नाम भए पक्कै चुनाबमा भएपनी नेताहरुको नजर पुग्थ्यो नै तर दामन्तिसङ्ग आफ्नो बूढो जिर्ण परेको शरीर बाहेक केहि थिएन । उमेर पाक्दै गएर, धेरै दु:ख कष्ट परेर होला बिस्तारै उनको मगजमा पनि खिया लाग्दै गएछ क्यारे । कहिलेकाही घरीघरी उनले सामान्य मान्छेले भन्दा फरक ब्याबहारपनी गर्न थालिन अर्थात सामान्य रुपमा मानासिक शिथिलता हुँदै गएको स्थानिय बताउछन ।
केही महिना यता उनले जनबोध माध्यमिक बिद्यालयको पछाडी पट्टी रहेको पाली (टिनको खुल्ला छनो ) मुनि बसेर रात बिताउथिन । खानको लागि त्यही वरिपरि मागेर गुजारा गर्थिन । त्यही बाटो मन्त्री सांसद स्थानिय जनप्रतिनिधि हिड्दा कसैले पनि उनको ब्याबस्थापनको बारेमा नसोचेको गुनासो गर्छन स्थानिय ।
आज धरै वर्षपछी ओबानो भुई र ओतिलो छनोभित्र बास पाएकी छन ७६ वर्षीकि दामन्तीले । धेरै दिनको सहकार्य पछि घ्युबेशी राहत संकलन तथा वितरण अभियानका युवाहरु बालेन श्रेष्ठ ,राजन श्रेष्ठ ,विशाल गहतराज,अनिस सुनार ,मन्जु परियार लगायतले दामन्तीको जीवन उद्धार गर्न लागे । उनिहरुले रुरुक्षेत्रकै युवा नेता तथा पूर्व मन्त्री सुदर्शन बरालका स्वकीय सचिब यदु ज्ञवालीलाई मानवसेवा आश्रममा लैजानको लागि पहल गरेको बताउछन शृङ्गिस्वर क्याम्पसका सभापति किसन पाण्डे । ज्ञवालीले पहल मात्रै गरेनन मानव सेवा आश्रम बुटवलमा कोअर्डिनेसन गरेर दामन्तीको अबको बाँकी जीवन त्यही बिताउने ब्याबस्था गराए । आफन्त बिहिनहरुको अभिभावक मानव सेवा आश्रमले दामन्तीको जीवन रक्षाको जिम्मेवारी लियो ।
शनिबार रुरुक्षेत्रको रानिबासबाट सभापति पाण्डेले आफ्नै निजि सबारी साधनमा अभियान्ता मन्जु परियार समेत भएर दामन्तीलाई बुटवल पुर्याए । मानवसेवा आश्रममा वर्षौपछि नयाँ कपडामा चिटिक्क परेकी दामन्ती पूर्वमन्त्री सुदर्शन बरालसङ्ग खुशी ब्यक्त गर्दै थिइन (तपाईं मन्त्री हो र मन्त्रीले मलाई यहाँ ल्याएको, हजुरलाई कहिल्यै दु:ख नपरोस बाबू ) । बरालसङ्ग कुरा गर्दै फोटो खिचाइन र सबैलाई आशिर्वाद दिइन ।(बाबुनानिहरु तिमिहरुले ठूलो पुण्य कमायौ, माइती हौ मलाई भेटन आए है फेरि पनि )




