८ असार
मधुसूदन पाण्डे । दुवै मृगौला फेल भएपछि धुर्कोट गाउँपालिका -१ का एक युवकले उपचारको लागि सहयोगको याचना गरेका छ्न । धुर्कोट गाउँपालिका -१ नयाँगाउँ खाल चाैरका ३७ वर्षिय भिमबहादुर कुँवरको दुवै मृगौला खराब भएपछि उपचारको लागि अर्थिक अभाव भएको छ ।
मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा प्रेमबहादुर कुँवरले बताएका छन ।
मृगौला पिडित भिमबहादुरले उपचारमा सहयोग गरेर आफ्नो ज्यान बँचाइदिन याचना गरेका हुन । आर्थिक अभावले उपचार गर्न समस्या भएपछि मृगौला रोगबाट पीडित कुँवर र उनका आफन्तले सहयोगको याचना गरेको बताइएको छ। पीडितको परिवारका अनुसार चिकित्सकले उहाँको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् ।
भिमबहादुरलाई उपचारको लागि तम्घास लगिएको मा त्यहा उपचार असम्भव भएपछि बुटवल रिफर गरिएको थियो । बुटवलको गाैतमबुद्ध मुटु अस्पतालमा चेक-अफ पश्चात् ३ दिन आइसियुमा राखीएकाे थियो । अस्पतालले भिमबहादुरको उपचारको लागि ४५ हजार धराैटी रकम माग गरेको थियो । रकम अभावको कारण परिवारले मृगौला पिडित कुँवरलाई घर फर्काएकाे पिडितका बुवा कुँवरले बताएका छन ।
मृगौला प्रत्यारोपणमा धेरै खर्च लाग्ने भएकाले आफूले खर्च व्यहोर्न सक्ने अवस्था नरहेको आमा बिष्णु कुँवरले गुनासो गरेकि छ्न ।
डाक्टरले स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडितका आफन्तको भनाइ छ ।
गरिबीका कारण परिवारले थप उपचार गराउन सक्ने अवस्था नभएपछि भिमबहादुर जीवन र मरणको दोसाँधमा जीवन मागिरहेका छन। पिडित भिमबहादुरका १ छोरा र १ छोरी छन । कुँवर यसअघि भारतको फरिदवादमा काम गर्दै आएका थिए ।
सहयोग गर्नको लागि मोबाईल नं. ९८६९८४६६४४ र ९८६०९६२४३१ मा फोन गरि सम्पर्क गर्न सकिने भनिएको छ ।




