१५ असार
नवीन पौडेल । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
असार १५ हुँदा पनि कतिपय स्थानमा भने सिचाइ अभावको कारण खेत बाझै रहेको गुनासो गर्छन किसानहरु । यतिबेला गुल्मीको रुरुमा रहेको ध्यूबेसी फाटमा ८० प्रतिशत रोपाई सकिएको छ । १५ सय रोपनी हाराहरीको फाटमा करिब २५ प्रतिशत खेतमा मात्रै सिचाई सुबिधा पुगेको छ । यसवर्ष छिटै वर्षा भएको हुनाले रोपाई गर्न पाइएको बताउछन कृषकहरु । गुल्मीमा चन्द्रकोटको दमुका फाँट सत्यवतीको खैरेनीफाँट कालीगण्डकीको अर्बेनी, मालिकाको सिमलटारी फाट रेसुङ्गाको रैदी धान खेतीको लागि प्रसिद्ध फाँटहरु हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर