३१ असार
गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २७ बर्षीय सुजन पाण्डेको मृत्यु भएको हो । पाण्डे पाल्पा अर्गलि स्थायि घर भई रेसुङ्गा २ उदिनढुङगामा किराना पसल गरि बस्दै आएका थिए ।
बोलेरो जीपको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
दुर्घटनास्थलबाट उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । तर अस्पतालका मेसु डा. उत्तम पाच्याले उनको घटनास्थलमै अस्पताल नल्याउदै मृत्यु भएको बताए । मोटरसाईकल सडकदेखि तल झरेको बताइएको छ । जिपमा सवार ५ जनामध्ये चारजना सामान्य घाइते भई जिल्ला अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष घमले बताए ।




