खुल्ला न्यूज,
१ कार्तिक २०७८ : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले केपी वलीका कारण कम्युनिस्ट पार्टी पुन:गठन गरेकाे बताएका छन । एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई सम्वाेधन गर्दै नेता चाैधरीले केपी वलीले नेतृत्व गरेकाे पार्टीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिष्ट पार्टीकाे रुपमा एकीकृत समाजवादी गठन गरेकाे वताए । उनले नेपालमा रहेका कम्युनिष्ट पार्टीहरुसगँ एकता गर्दै कम्युनिष्ट पार्टीकाे नेतृत्व समेत एकीकृत समाजवादी पार्टीले गर्ने दावी गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी वलीकाे पार्टीले आगामी निर्वाचनमा जनतासगँ मत माग्ने नैतिकता समेत गुमाएकाे वताए । अब केपी वलीले नेतृत्व गरेकाे पार्टी चुनावमा हामीलाई विजयी वनाएर पठाउनुस हामी पटकपटक ससंद विघटन गरेर देखाउछाै भन्दै भाेट माग्छन त उनले भने` त्यसकारण केपी वलीकाे पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ ।´ उनले कम्युनिष्ट पार्टीकाे नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवकाे निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनाैती दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाक्रि, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वाेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर