नेकपा एमाले पार्टी गुल्मीका सयौ कार्यकर्ताहरु नेकपा एकीकृत समाजबादी पार्टिमा प्रबेश गरेका छन । शनिबार सो पार्टिको सदरामुकाम तम्घासमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा केन्द्रिय अध्यक्ष माधव कुमारले स्वागत गर्दै सो पार्टिमा प्रबेस गरेका हुन ।
मदाने गाउँपालिका बाट ५७ जना एमाले अगुवा कार्यकर्ता एकीकृत समाजबादिमा प्रबेश गरेका छन ।
त्यस्तै मालिका सबै वडा गरि ४७ जना एमाले कार्यकर्ता एकीकृत समाजबादिमा प्रबेश गरेका छ्न । त्यस पालिका वडा नम्बर २ दर्लिङ्ग स्थित माओबादीका पुराना कर्यकर्ता नरबहादुर श्रीस पनि एकीकृत समाजबादिमा प्रबेश गरेका छन ।
धुर्कोट गाउँपालिका ३ हाडहाडे बाट तीन दर्जन एमाले कार्यकर्ता एमाले बाट बिद्रोह गरि एकीकृत समाजबादिमा प्रबेश गरेका छन।

इस्मा गाउँपालिका २ , ५ र वडा नम्बर ६ बाट पनि करिब तीन दर्जन एमाले कार्यकर्तालाई पुर्ब प्रधानमन्त्री समेत रहेका नेता नेपालले स्वागत गरे ।
रेसुङ्गा नगरपालिकाका विभिन्न वडा बाट करिब ३ दर्जन एमाले कार्यकर्ता र सबै भन्दा धेरै एमाले कार्यकर्ता मुसिकोट बाट समाजवादीमा प्रबेश गरेका छन् । त्यहाँ बाट सयौको सख्यामा प्रबेश गरेका मध्ये पुर्ब जनप्रतिनिधिहरु पनि छन ।
त्यस्तै छत्रकोट गाउँपालिका बाट पनि सयौ एमाले कार्यकर्ता एकीकृत समाजबादिमा प्रबेश गरेका छ्न ।
पार्टी प्रबेश कार्यक्रममा सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल र सचिव तथा सहरी बिकास मन्त्री रामकुमारी झाक्रीले पनि स्वागत गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर