प्रेम सुनार
गुल्मी, चैत्र १२ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले शनिवार गुल्मी आई यहाँका सत्तागठबन्धन दलका नेताहरु संग गोप्य भेटघाट तथा चुनावी छलफल गरेका छन् ।

सो पार्टीको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्न सदरमुकाम तम्घास आएका उनी प्रमुख अतिथीको आशन ग्रहण पछि जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारीलाई लिएर बाहिरिएका थिए ।
त्यस पछिउनी लामो समय सम्म भित्र पसेनन् । सोधपुछका क्रममा पनि गेट बाहिर पनि नगएको पाई पछि कार्यक्रम स्थलको पार्टी प्यालेस पछाडी सञ्चारकर्मीहरुले पछ्याउँदै जाँदा उनी एक कोठामा गुल्मी स्थित विभिन्न दलका नेताहरु संग भेटिए ।
जहाँ नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ, गुल्मीका पार्टी सभापति खिलध्वज पन्थी, नेकपा माओवादी केन्द्रका संयोजक बुद्धि जिसी,राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवनराना , आफ्नो पार्टीका नेता नरेश भण्डारी र जनता समाजवादी गुल्मीका अध्यक्ष घनश्याम पाण्डे लगायत संग नेता नेपाल छलफल गर्दै थिए ।
छलफलमा सहभागि एक नेताका अनुसार नेता नेपालले सत्तागठबन्धन दलरुको जिल्लाको अवस्था, विपक्षी एमालेको अवस्थाबारे रिर्पोटिङ मागेका थिए । केन्द्रमा सत्तागठबन्धन दलहरु बीच चुनावी गठबन्धन गर्ने बिषयमा मोटामोटी सहमति भएको उल्लेख गर्दै नेता नेपालले गुल्मीमा पनि सत्तागठबन्धन दलहरु बीच ईमान्दारी पुर्वक गठबन्धन गरि प्रतिगामी शक्तीलाई प्ररास्त गर्ने पर्ने कुरामा जोड दिएका थिए ।
उनले आगमी निर्वाचनमा लोकतन्त्रिक शक्तिहरुले हारेमा फेरी प्रतिगमनकारीहरुले टाउँको उठाउने हुँदा जोडतोडले निर्वाचन जित्न लाग्न सुझाएका थिए ।
त्यहाँ सहभागि दलका नेताहरुले पनि गठबन्धनका लागि आफुहरु बीच छलफल सकरात्मक रुपमा अगाडी बढेको बताएका थिए । त्यहाँवाट कार्यक्रम स्थल पसेका नेपालले संवोधनका क्रममा भन्दै थिए–‘ अघि म यहाँका राजनैतिक दलका नेताहरु संग बसेर आएँ,उहाँहरु भन्दै हुनुहुन्थ्यो , गुल्मीको विकास गफ र प्रचार मै सिमित भयो , रामकुमारीजीलाई अगाडी बढाउनुस ,हामी मिलेर जिल्लाको विकास गर्छौ ।’




