०४,मंसिर खुल्लान्यूज
राजधानी ब्यूरो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव बिष्णु पौडेलले सचिवालय बैठकमा विवादलाई साम्य पार्न नसक्ने हो भने हामी सामथ्र्यहिन भएको ठहर्नेछ भने ।
३ गते भएको सचिवालय बैठकमा दुई अध्यक्षको सहमती हुनुपर्नेमा जोड दिदै पोडेलले सचिवालमा उठेका प्रश्नहरुलाई स्थायी कमिटीबाट समाधान खोज्ने कुराले सचिवालयका नेताहरुको क्षमतामाथि नै प्रश्न उठ्न थालेको संकेत गरेका छन । उनले प्रश्न गरे के हामी काम नलाग्ने भईसक्यौ ?
महासचिव पौडेलले अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच सहमतीको विकल्प नरहेको समेत बताएका छन । पार्टीको बैठक बस्नु अगाडी दुई अध्यक्षबीच सहमती हुनुपर्ने कुरामा जोड दिदै आएका पौडेलले सचिवालयबाटै सबै समस्याहरुको हल गरेर अगाडी बढ्न उपयुक्त हुन्छ भनेका छन । यद्यपी बुधबार सम्पन्न भएको सचिवालय बैठकले आगामी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रिय कमिटीको बैठक बोलाउने सर्वसम्मत निर्णय गरेको छ ।




