१५ मंसिर,खुल्लान्यूज
जिल्लाब्यूरो । गुल्मी जिल्लाको रुरु, सत्यवती र कालीगण्डकी गाउँपालिकामा पर्ने मुख्य सडक एक महिनाका लागी बन्द हुने भएको छ । रिडी हुदै गुल्मी क्षेत्र नंं. १ का सबैजसो क्षेत्र र मुसिकोट नगरपालिका साथै बाग्लुङ्ग जाने यात्रुहरु बन्दको प्रत्यक्ष मारमा पर्नेछन ।
उत्तर–दक्षिण {कालिगण्डकी} लोकमार्ग आयोजना पाल्पाले सडक यातायात बन्द गर्नको लागी जिल्ला प्रशासन कार्यालय गुल्मीलाई सिफारिस सहित अनुरोध गरेको छ । योजना प्रमुख सुवोधकुमार देबकोटाले सडक कालोपत्रे स्तरमा स्तरोउन्नती गर्ने कार्य तोकिएकै समयमा सम्पन्न गर्नका लागी निर्माण ब्यावसायीले अनुरोध गरेको हुँदा सड्क बन्द गर्नु परेको बताएका छन । प्रमुख देवकोटाका अनुसार मंसिर १८ गतेदेखि पुस १८ गतेसम्म सडक बन्द हुनेछ । सडक बिहानमा ६ बजेदेखि ९ बजेसम्म, दिउसो १२ बजेदेखि ४ बजेसम्म र सांझ ६ बजेदेखि ८ बजेसम्म बन्द हुनेछ
।




