३ पौष,खुल्लान्यूज
जिल्लाब्यूरो । गुल्मीको सदरमुकाम तम्घासमा प्रधान कार्यालय भई लुम्बिनी प्रदेशका चार जिल्ला कार्यक्षेत्र रहेको उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लि.को प्रथम साधारण सभाको तयारी पूरा भएको सस्थाले जनाएको छ ।
कुल २ सय १५ जना सदस्य रहेको सहकारीको साधारण सभा शनिबार सदरमुकाममा स्थित एभरग्रीन पार्टी प्यालेसमा बिहान ११ बजे आयोजना गरिएको ब्यावस्थापक प्रकाश चालिसेले जानकारी दिए ।
साधारण सभाको लागि आबश्यक प्रतिवेदन छपाई, हल ब्यावस्थापन, सुचना लगायतका कार्यहरु सम्पन्न भएको सचिब घनश्याम खरेलले बताए ।
उनले सभाको उपस्तिथिलाई स्वास्थ्य मापदण्डको पालना गर्दै बसाई ब्यावस्थापन गरिएको जानकारी दिए ।
साधारण सभाको निर्वाचन प्रयोजनका लागि जिल्ला बहुउद्देश्यीय सहकारी सघ लि.का सयोजक नरेशकुमार भण्डारीको समयोजकत्वमा निर्वाचन समिती चयन भैसकेको अध्यक्ष श्रीराम महतले बताए । साथै नयाँ सन्चालक समिती र लेखा सुपरिवेक्षण समिती सहमति मै चयन हुने सम्भावना रहेको अध्यक्ष महतले दाबी समेत गरे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs