४ पौष,खुल्ला न्यूज
जिल्लाब्यूरो । शुक्रबार राति ८ः३० बजे गुल्मी जिल्लाको गुल्मी दरबार गाउपालिका चारपाला घुम्टि देखि सदरमुकाम तम्घास तर्फ जादै गर्दा भङ्गारी भन्ने ठाउँमा लु १ ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना भएको छ ।
रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको हो । दुर्घटनाबाट चालक उर्लेनिका तेज बहादुर रानाको ज्यान गएको छ । साथै ४ जना घाइते भएका छ्न । गम्भिर घाइते भएका रेसुङ्गा नगरपालिका २ का सुरज बि क लाइ प्रादेशिक अस्पताल बुटवल पठाइएको
एक जनाको लुम्बिनि मेडिकल कलेज पाल्पा प्रवासमा उपचार भै रहेको छ । सामान्य घाइते रेसुङ्गा नगरपालिका १२ का रमेश खत्री तम्घास अस्पतालमा सामान्य उपचार गरि डिस्चार्ज भै सकेका छन । रेसुङ्गा नगरपालिका २ का रोशन परियारको तम्घास अस्पतालमा उपचार भैरहेको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुम खत्रीले बताएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs