५ पौष, खुल्लान्यूज
राजधानी । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि सभामुख अग्‍निप्रसाद सापकोटा विज्ञहरुसँग छलफलमा जुटेका छन् । सभामुख सापकोटा संसदमा रहेका दलहरु, संविधानका विज्ञ, कानुन विद र सांसदहरुसँग विशेषाधिकार प्रयोगबारे छलफलमा जुटेका हुन् । सभामुख सापकोटाले विशेषाधिधार प्रयोग गर्ने तयारी रहेको सभामुख निकट स्रोतले जानकारी दियो । उनी निकट स्रोतका अनुसार अहिले संसद् भवनमा छलफल जारी छ ।
विशेषाधिकार प्रयोगबारे संविधानको धारा १०३ मा व्यवस्था छ । संविधानको धारा १०३ को उपधारा २ मा लेखिएको छ ‘ यस संविधानको अधीनमा रही संघीय संसद्‍को प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर