९ पौष,खुल्लान्यूज
राजधानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन् ।
प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको बिहीबार बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भएको छ ।
महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए । तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको स्रोतले बतायो । रावल पूर्वएमाले हुन भने शर्मा पूर्वमाओवादी हुन् । रावल र शर्मा दुवै पूर्वगृहमन्त्री हुन् ।
पाण्डे तत्कालीन नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए । तर, तत्कालिन नेकपा एमाले र माओवादीको एकीकरणपछि एमालेको उपमहासचिव रहेका विष्णु पौडेललाई महासचिव बनाइएको थियो ।
प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने पौडल नै छन् । प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर