०९ पाैष, खुल्लान्यूज
जिल्ला ब्यूरो । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ को दिगामचौरमा सञ्चालित हेफर आधारशिला तालिमको समापनमा आस्मी कुमाललाई उपहार प्रदान गरिएको छ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारमा जनविकास केन्द्र गुल्मीले सञ्चाालन गरेको सामुदायीक विकासका लागी बाख्रा उद्धम परियाेजना अन्रतर्गत मुसिकोट नगरपालिका वडा नंं. ४ को दिगामचौरमा समुहमा आवद्ध सदस्यका घरपरिवार पुरुष सदस्यहरुका लागी भाेकालाई भाेजन हाेईन जिउने जुक्ति सिकाउँ भन्ने मुल मर्मका साथ सञ्चालित हेफर आधारसिला तालिमको समापनमा सोहि स्थान निवाासी वर्ष ८ की कक्षा ३ मा अध्ययनरत अस्मी कुमाललाइ १ वर्षलाई पुग्ने शैक्षिक सामाग्री र ड्रेस उपहारको रुपमा प्रदान गरिएको छ ।
दिगामचौरकी अस्मी बाबुको पत्तो नभएको र आमा शुस्तमनस्थिती भएकी हुँदा उनको पढाईलाई अगाडी बढाउन गाह्रो परेको समयमा तालिमका सहभागी हरुबाट झोला, जुता र शैक्षिक सामग्री तथा हेफर प्रोजेक्ट नेपालका तालिम सहजकर्ता भरत भण्डारीबाट स्कुल ड्रेस र कार्यक्रम संयोजक बाबुराम पन्थी बाट १ वर्षलाई पूग्ने शैक्षिक सामाग्री प्रदान गरिएको छ । समाजमा मानवियता हराउँदै गएको अवस्थामा हेफर आधारशिला तालिमले सकरात्मक सोचका साथै समाजका लागी केही गर्नु पर्छ भन्ने भावना जगाएका कारण तालिमको अन्त्यमा सहभागी सबैले उक्त बालिकाको पढाइलाइ अगाडी बढाउन सहयोग स्वरुप उपहार प्रदान गरिएको तालिम सहभागीले जनाए । यस तालिमाको मुल मर्म उपहार प्रदान, बाँडीचुडी गर्नु साथै सकरात्मक सोच अभिबृद्धी गर्ने रहेको तालिम संयोजक भण्डारीले बताए । यस तालिमले समाजमा मेलमिलिा बढ्ने साथै झगडामा कमी ल्याउने संयोजक पन्थीले बताए । उक्त तालिम ३३ जनाको सहभागीतामा ३ दिन सम्म सञ्चालन गरीएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs