१० पौष,खुल्लान्यूज
राजधानी । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा पाँचजना पूर्व माओवादी नेताहरु छन् । उनीहरुमध्ये तीनजना स्थायी कमिटीमा पनि छन् ।
सयोग अचम्मको पर्यो प्रतिनिधि सभा बिघटन भएपछी ७ जना मन्त्रीले एकैपटक राजीनामा दिएर बाहिर निस्के, आज उनै मन्त्री पद त्यागेकाहरु सडकमा थिए । तर मन्त्रीपद नै बार्गेनिङ गरेर बसेका पुर्व माओवादी धारका सबैजना आजै मन्त्रीपदमा नियुक्ति भएका छन ।
मन्त्री नियुक्त हुनेहरुमा टोपबहादु रायमाझी ऊर्जा, मणि थापा पर्यटन र प्रभु साह शिक्षामन्त्री छन् । उनीहरु सबै विगतमा प्रचण्ड पक्षीय हुन् । रायमाझी र थापाले दुई दिन अघि नै कित्ता परिवर्तन गरिसकेका छन् । प्रभु साह भने आजै ओली पक्षमा गएका हुन् । यसैगरी, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।
लामा रामबहादुर थापा बादल निकट हुन् । चौधरी विगतमा प्रचण्डनिकट थिए ।
मन्त्री बन्नेको सुची
टोपबहादुर रायमाझी-उपप्रधानमन्त्री तथा ऊर्जा
मणि थापा,-पर्यटन
प्रभु साह- श्रम
दावा लामा- शिक्षा
गौरीशंकर चौधरी- खानेपानी




