१२ पाैष,खुल्लान्यूज
हुमाकान्त पोखरेल । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । पाल्पाको रैनादेवी गाउँपालिका ४ गाेविन्द राना मगरकाे परिवारलाई दाबी रकम १० लाख प्रदान गरेकाे छ । अाइतबार प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले मृतककी श्रीमती कमला रानामगरलाई चेक हस्तान्तरण गरिन् । गाेविन्दकाे एक बर्ष पहिला नेपाल बन पैदावार उध्धाेग व्यवसायी संघ गुल्मीले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा सामुहिक दुर्घटना बीमा गराइदिएकाे थियाे । उनकाे गत बर्षकाे माघ २३ गते छत्रकाेट गाउँपालिका ४ दिगाममा पि.अार.एस्. काष्ठ सप्लायर्सकाे कम्पनीको तर्फबाट काठ बाेक्दा लडेर ज्यान गएकाे थियाे । ज्यान गएपछि बीचमा काेराेनाकाे कारण प्रक्रिया नपुगेकाे भुक्तानीमा केही ढिलाइ भएकाे सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख रमेश अधिकारीले जानकारी दिए । मृतक गाेविन्दका हाल श्रीमती, चार छाेरी र एक छाेरा रहेका छन् । रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले रकम प्रदान गर्ने इन्स्योरेन्स तथा बीमा गरिदिने बन पैदावार संस्थालाई धन्यवाद दिइन । त्यसका साथै उनले बीमा क्षेत्रकाे बजार बिस्तारका लागि सबै नागरिक जागरुक हुनुपर्ने बताइन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs