नेपाली जनताले आशा गरेको नेकपा रुपि विमान आज साच्चिकै अपहरणमा परेको छ । जुन विमान चढेर लाखौ युवाहरु समाजबादको सुनौलो यात्रामा जाँदै थिए, करोडौं जनताले त्यही सुनौलो फलको लागि बोट रोपेका थिए र पर्खिरहेका थिए । आज सोच्दैछन भर्भराउदो फुल असिनाले झार्यो । फलको के आशा गर्नु बतिला लाउन नपाउदै बोटै भाचियो ।
त्यो विमान बनाउदा निकै मिहिनेत लागेको थियो, देश बिदेशका कम्युनिस्ट रुपि ईन्जिनियर मेकानिक लेवर लगाएर निर्माण गरिएको विमान देखेर सामाजबादको ठिक उल्टो दिशातिर हिडेका साम्राज्यबादी र प्रतिकृयाबादी उपमा पाएका यात्रुहरु ईर्ष्या गरिरहेका थिए । कतिले त गिज्याईरहेका थिए तिमिहरुको विमान सहि गन्तव्यमा पुग्दैन,छिट्टै दुर्घटना हुनेछ भन्दै पूर्वानुमान गर्दै थिए । कतिपय भने उताको विमान चढेका यात्रुहरु पनि फर्केर नेकपारुपि विमानमा चढेका थिए । जे जसो भएपनि यात्रुहरु डराएका थिएनन किनकि निकै पुराना र खारिएका अनुभवी दुई चालकले विमानको जिम्मा लिएका थिए । यो निकै धेरै क्षमता भएको विमान हो र हामिले पालैपालो चलाएर सबै यात्रुहरुलाई स-कुसल गन्तब्यमा पुर्याउन सक्षम छौ भनेका थिए । कहिलेकाहीँ हलचल हुदापनी समान्य मौसम खराबिले हो कुनै बाधा परेको छैन भन्ने गरेका थिए ।
धेरै मान्छेहरुको उत्साह थियो आशा थियो र भोरोसा थियो विमान सहि गन्तब्यमा पुग्छ भन्नेमा । तर मुख्य चालक नै अपहरणकारीको चङ्गुलमा फसेपछी विमान अपहरण मात्र होइन दुर्घटना भैसकेको छ । यहाँ विमान चालकलाई नै किनेर गन्तब्य परिवर्तन गराइएको छ । दुई चालक मध्ये एकले पुरानै गन्तब्यमा जानुपर्छ यतिधेरै यात्रुहरुको जिम्मा लिएका छौ भन्दै थिए र अर्कोले त्यहा जान नहुने, गन्तव्य परिवर्तन भैसकेको छ अब अर्को बाटो लाग्नु पर्छ भनेपछि । त्यही विवादका कारण विमानमा आगोलागी भएको छ । यात्रुहरु उछिट्टिएका छन । केही यात्रुहरू जलेको विमानको खारानी निधारमा बिगुत धसेर, विमानमा आगो लाग्यो धेरै रमाइलो भो बल्ल आगो ताप्न पाइयो भन्दै चिच्याउदै खारानीको टिका माथी माला लगाउदै हिडेका छ्न । कतिले हतार हतार गरेर मरेको मान्छेको किरिया बसेझै सिहदरबार भित्र पुगेर दुर्घटनाबाट उछिट्टिएर खाली कुर्सीहरु भरेका छन । अहिले नेपालीले उनिहरुलाई कुर्सीमा बस्दा पनि ढुङ्गामा बसेजस्तो, टीका लगाउदा पनि खारानी घसे जस्तो, खादा लगाउदा पनि कात्रो ओढेजस्तो देखेका छन । समाजबादको मीठो फल पर्खिएका मानिसहरु मनिल अनुहार बनाएर बसेका छन । तर उता त्यही जलेको विमानको खरानिको अशबण्डा लगाउन तछाडमछाड गरेका छन । जसले प्रमुख पाइलटलाई किन्यो त्यसले खरानी पनि उठाएर पोको पारेर लेर आइज केही नछोड भनेको छ ।
प्रमुख पाइलटको अनुहार कालो भएको छ, बिग्रीएको छ, डरलाग्दो बनेको छ, पत्याउनै गाह्रो हुने गरि स्वरुपनै परिवर्तन भएको छ, उ प्रमुख पाईलट हो कि मुखुण्डोधारी अपहरणकारी हो छुट्याउनै नसकिने भएको छ । त्यसैले सबैजना उनिसङ्ग डराएका छन । फेरि अब के गर्नी हुन कता आगो लगाउने हुन भनेर सबै यात्रुहरु ससङ्कित बनेका छन । विमान दुर्घटना नहोस भन्नेहरु सबै शोकमग्न भएका छन ,चिन्ताले पिरोलिएका छन । तर प्रमुख चालकको वरिपरि बसेका केही भान्से सुसारेहरु मुखुण्डोधारी जत्था फेरि आगो ताप्न पाइने भो भनेर खुशी भएका छन । बिछट्यै रमाएका छन, राको लिएर वरिपरि रुघी रहेका छन । विमान मर्मत गर्छौ चलाउन सक्षम छौ भन्नेहरुलाई गिज्याइ रहेका छन । हाम्रो पाइलट्ले विमान जलएर ठिक गर्नु भो अब हामीले नयाँ विमान किनिसक्यौ तर यो विमानको खरानी पनि तिमिहरुलाई दिदैनौ हामीहरुले नै लैजानु पर्छ भन्दै कतिले खरानिको थुप्रोमा चाबी लगाएर राखेका छन कतिले पहरा दिई रहेका छन ।उनिहरुलाई आफैमा विस्वास छैन ,आफै भित्र बेचैन भएका छन, छटपटाएका छन, एकले अर्कोलाई देख्दा झस्याङ्ग झस्याङ्ग झस्किएका छन ।
प्रमुख पाइलट नै विमान अपहरणको मुख्य योजनाकार भएपछी को पाइलट आगाडी सरेका छ्न । फेरि अर्को पुरानो पाइलट थपेका छन । र हराएका यात्रुहरुको उद्दारमा लागेका छन । घाईते भएकाहरूलाई उपचार गरेका छन । अझैपनी हामिले यहि विमान मर्मत गरेर चलाउछौ र समाजबादको त्यो स्वर्गिय गन्तब्यमा पुर्याउछौ भनेका छन । नेकपा रुपि विमान बिचार र सिद्धान्तले चल्ने हो भन्दै आफुहरु अब यो विमानलाई नै मर्मत गरेर गन्तव्यमा पुर्याउन सक्ने दावी गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs