१५ पौष,खुल्लान्यूज
जिल्लाब्यूरो । गत पुस ३ गते गुल्मीमा भएको अटो दुर्घटनाबाट घाइते भएका बालकको उपचारका लागि आर्थिक संकलन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् । पछिल्लो समय यसको मुख्य अभियान गुल्मीकि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी छन ।
जिल्लाको रेसुङ्गा नगरपालिका–१३ दुबीचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर–२ का १६ वर्षीय सुनिल वि क गम्भीर घाइते भएका थिए । उनको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको थियो । घाइते वि कको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा धेरै रकम लाग्ने भएपछि बुधबार जिल्लाका कर्मचारी, स्वास्थ्यकर्मी देखि पत्रकारसम्मले आर्थिक सहयोग रकम संकलन गरेका हुन् ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लाका बिभिन्न संघ संस्थाहरुबाट १ लाख १२ हजार १४० रुपैयाँ सहयोग संकलन गरी घाइते सुनिलको आमालाई उक्त रकम हस्तातरण गरिएको हो । रकम हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेकी थिइन । अस्पतालसङ्ग समन्वय भैरहेको र पैसा पठाइसकेपछी आजै बिरामी घर ल्याउन सकिने शर्माले बताईन । यहि हप्ता गुल्मीमा आएकी अधिकारी शर्माको यस सामजिक कार्यको सबैबाट प्रशंसा र सम्मान ब्यक्त भएको छ ।
सुरुमा जिल्ला अस्पताल गुल्मीका मे सु डा. उत्तम पाच्याले सहयोग सकलन अभियान सन्चालन गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs