१५ पौष,खुल्लान्यूज
राजधानी । मन्त्रिपरिषद्ले निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा बर्खास्त गरिएका प्रहरी उपरिक्षक (एसपी) डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई पुनःवहाली गर्ने निर्णय गरेको छ।
बुधवारको मन्त्रिपरिषद् बैठकले विष्ट र भट्टलाई पुनःवहालीको निर्णय गरेको हो। जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा उनीहरूलाई सफाई दिने निर्णय गरेको थियो।
०७६ साउन १५ को सो फैसलापछि उनीहरूले बर्खास्तीको निर्णयमा पुनःविचार गर्न गृहमन्त्रालयमा मार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए। गृहमन्त्रालको प्रस्तावमा यसअघि ०७५ असोजमा मन्त्रिपरषद्ले उनीहरुलाई गरेको बर्खास्तको निर्णय सच्च्याईएको हो।
०७५ साउन ११ मा कञ्चनपुरकी निर्मला पन्तको शव भिमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो। त्यतिबेला इन्स्पेक्टर भट्ट सो वडा–एरियाका इन्चार्ज थिए। एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थिए। अनुसन्धानमा संलग्न सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृत काममा फर्किसकेका छन्।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs