१९ पौष,खुल्लान्यूज
प्रदेशब्यूरो । बुटवल क्षेत्रका चर्चित नेता तथा युवा संघका पूर्वउपाध्यक्ष राजु गुरूङले केपी ओली पक्षका महासचिव विष्णु पौडेलविरुद्ध आफू चुनाव लड्ने भन्दै उनलाई हराएर देखाइदिने दावी गरेका छन् । यसअघि बुटवलबाट चुनाव जितेका पौडेललाई अब रुपन्देहीमा आएर आफूसँग चुनाव लडेर जित्न समेत चुनौति दिए । उनले भने, अब कुनै पनि हालतमा पौडेलले चुनाब जित्न सक्दैनन ।
नेकपा प्रचण्ड–नेपाल समूहका युवा नेता गुरूङले आइतबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हिजो कसलाई कसले र कसरी चुनाव जितायो सबैलाई थाहा छ, हामी चुनावमा जान डराएका छैनौँ, हामीलाई चुनावमा जान डराए भन्ने महासचिव बिष्णु पौडेल चुवानमा आए म नै लडेर देखादिन्छु । आउनूस् मसँग चुनाव लडेर देखाउनुस्, हिम्मत छ ?’
उनले संसद् पुनःस्थापना गरेर देश र संविधान बचाउनुपर्ने पनि बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ। उनले  काम गर्न दिइएन भन्दै प्रधानमन्त्री हिँडेको भएपनि गलत काम गर्नेहरु नै अहिले एक ठाँउमा उभिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर