१७ माघ, खुल्लान्यूज
आर्थिक ब्यूरो । सुर्या लाइफ ईन्स्योरेन्सले पाल्पाकी बिष्णुमाया बिश्वकर्माको मृत्युको दाबी भुक्तानी गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच सुर्या लाईफ इन्स्योरेन्स क.लि. बुटवल शाखाकी प्रमुख जुना कुवरले बिश्वकर्माका पति नरबहादुर बिश्वकर्मालाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेकी हुन ।
पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका वडा न.१ सिलुवा निवासी बिष्णुमायाले ५ वर्ष पहिले ३ लाखको जीवन बिमा गरेकी थिइन । बिष्णुमायाका पति नरबहादुरलाई कम्पनिले ३ लाख ८१ हजार ६ सय नगद हस्तान्तरण गरेको छ। उनको कोरोना सक्रमणको कारण ज्यान गएको हो ।
रकम हस्तान्तरण गर्दै मृत्यु ढिलोचाडो निस्चित छ तर बिमाले परिवारको आर्थिक जोखिम बहन गर्ने हुदा सबैले जीवन बिमा गरेमा अकस्मात हुने घटनाले पनि परिवारका अन्य सदस्यलाइ मद्धत पुग्ने र कोहिपनि सडकमा पुग्नुपर्ने स्थिती नआउने शाखा प्रमुख कुबरले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय