२१ माघ,खुल्लान्यूज
मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा ५ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार भूकम्पको केन्द्रविन्दु मनाङको नारमा रहेको छ । भूकम्पको केन्द्रविन्दु पोखराबाट ६३ किलोमिटर उत्तरमा पर्छ। गुल्मिमा पनि ठुलै धक्का महसुस भएको छ ।
गुल्मीका अलावा, पोखरा, काठमाडौं सहित विभिन्न स्थानहरुमा भूकम्पको धक्का महशुस भएको छ । केन्द्रले मनाङको भूकम्प गोरखा भूकम्पकै पराकम्पन नभएको जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs