२१ माघ, खुल्लान्यूज
महेन्द्र घिमिरे । कृषि पर्यटन पुर्बाधार र रोजगार : समृद्ध मुसिकोट नगरपालिका भन्ने नाराको साथमा अगाडि बढेको मुसिकोट नगरपालिकाले आठौं नगरसभा सम्पन्न गरेको छ। हिउदे अधिबेशनको रुपमा परिचत नगरसभाले नगरपालिकाको आ ब २०७७/८७ को बार्षिक बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव , बिधायन समिती संयोजक नरेशराज खरेलले प्रस्तुत गर्नुभएको मुसिकोट नगरपालिकाको स्थानीय बन ऎन २०७७, सभा सदस्य नारायण सापकोटाले प्रस्तुत गर्नुभएको मुसिकोट नगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावनालाइ कार्यन्वन गर्न भनेको आर्थिक ऎन प्रथम संसोधन २०७७ सस्थागत बिकास क्षमता अभिवृद्धि तथा सुशासन समिति संयोजक भागिरथ खरेलले प्रस्तुत गर्नुभएको मुसिकोट नगरसभा र कार्यपालिकामा रहने समितिको गठन तथा कार्य संचालन नियमावली २०७७ को मस्यौदा समिति गठन सम्बन्धि सर्बसहमतका साथ पारित गरेको छ।
नगरपालिकाको सातौ नगरसभाबाट बिनियोजित बार्षिक बजेत तथा कार्यक्रममा समाबेश भएका योजना तथा कार्यक्रम हुन नसक्ने अबस्थामा यस अधिबेशनबाट संसोधित गरि अन्य योजना तथा कार्यक्रम अब संचालन गरिने छ।साथै नगरसभाबाट नगरपालिका बहुउद्देश्यीय सभाहल मुसिकोट नगरपालिका वडा न ४ ग्वादिका चौरमा निर्माण गर्ने सभा बाट पारित गरेको छ।
नगरसभामा संशोधित बजेट तथा कार्यक्रम र विभिन्न प्रस्ताव उपरको छलफलमा सभासद्स्य अध्यक्ष प्रकाश काफ्ले नारायण सापकोटा कर्ण ध्वज जि सि भागिरथ खरेल लक्ष्मण खत्री दल बहादुर थापा लक्ष्मण प्रसाद खराल गोबिन्द खरेल चुरा बहादुर पछाइ बिष्णु कुमाल लालुराम अर्याल गगा श्रेष्ठ लगायत का सभासदस्य हरुले छलफल माथी भाग लिनु भएको थियो।
पहिलो पटक नगरपालिकाले आफै निर्माण गरेको आपचौर प्राबिधिक शिक्षालय सभालमा सम्पन्न भएको छ।सभाहलमा पहिलो पटक पालिका केन्द्र बाहिर गरिएको हो ।यसलाइ सभासद्स्यले राम्रो अबसर भएको बताएका छ्न ।नगरसभा मा नगरसभा संचालन सम्बन्धि कार्यबिधि अनुसासन मर्यादा र संचालनको बारेमा सभामा सचीव तथा प्रमुख खिमानन्द भुसालले प्रकाश पार्नु भएको थियो।
केन्द्रिय सम्सद भवनको जल्को दिने गरि नगरसभा संचालन र ब्यबस्थापन गरिएको थियो। नगरसभा मा अध्यक्ष सोमनाथ सापकोटा उपाध्यक्ष कमला शर्मा सचीव खिमानन्द भुसाल नगर सभा सदस्य पत्रकार कर्मचारी प्रहरी लगायत को उपस्थितिमा सम्पन्न गरियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs