२६ माघ, खुल्लान्यूज
जिल्ला ब्यूरो । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा न. ६ हरेवामा जेष्ठ नागरिक साथै अपाङ्गता भएका र असाहय एवम बिपन्न वर्गका नागरिकहरुलाई वडाले सम्मानित गरेको छ ।
५० हजार लागत बराबरको सामानद्दारा वडाका ३० जनालाई सम्मान गरिएको थियो । एकसेट न्यानो कपडा, टोपी ज्याकेट र ट्रायक साथै पोषिलो खाना च्यावनप्राश र मिस्री हस्तान्तरण गरिएको हो ।
जनप्रतिनिधि र वडा सचिब घरमै पुगेर नागरिकहरुलाई सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । धेरै ठूलो सहायता गर्न नसकेपनी यस्ता कार्यहरुबाट ती नागरिकहरुमा मनोबल वृद्धि हुने र स्वास्थ रहन टेवा पुग्ने हुँदा आफुले सकेसम्म सबै वर्ग र समुदायलाई राम्रो हुने कार्यहरु गर्दै आएको वडा अध्यक्ष गोकर्ण शर्माले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय