२९ माघ,खुल्लान्यूज
राजधानी । नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरी घरमै पुगेका बेला उनले पत्रकारसँग कुरा गर्दा केही सञ्चारमाध्यमले सामाजिक सञ्जालमा लाइभसमेत प्रसारण गरेका छन् ।
उनी भित्र पत्रकारसँग कुराकानी गरिरहँदा बाहिर उनको पक्षमा नाराबाजी भइरहेको छ । ‘प्रहरी प्रशासन- मुर्दावाद’ भन्दै बाहिर नाराबाजी भइरहेको छ ।
‘
हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’ लगायत नारा कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्रहरी दमन भएको भन्दैसमेत नाराबाजी गरिरहेका छन्।
झाँक्रीलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाको टोली शंखमुल पुगेको छ । झाँक्रीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् ।