३ फागुन, खुल्लान्यूज
महेन्द्र घिमिरे, गुल्मी । नगरप्रमुख दायित्व ग्रामीण उद्मम दुर्तिकरण अन्तर्गत उत्कृष्ट २० उद्ममीहरुलाई १ दिने अन्तरक्रिया कार्यक्रम समापन समारोह सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उद्मम गरिरहेका कुल १२५ उद्ममीबाट विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० मा परेका उद्ममीहरुको सहभागीता रहेको थियोे । प्रतियोगिताका रुपमा संचालित यस कार्यक्रममा उत्कृष्ट २० मा परेका नगरपालिका भित्रका उद्ममीहरुको व्यवसायलाई दुर्तिकरण गर्नका लागि यस अन्तरक्रिया कार्यक्रमले मह्त्वपुर्ण भुमिका खेल्ने छ।
उद्ममीहरुको उद्मम ब्यबसायमा आइपर्ने समस्या र उद्ममलाई बढाउन आबश्यक सहुलियत कर्जा र अन्य व्यवहारिक पक्षलाई समेत मध्यनजर गर्दै सरोकारवाला सङ्ग अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा मुसिकोट नगरपालिका पशु सेवा शाखा प्रमुख महेन्द्रराज पन्थीले पशुपालन सम्बन्धि जानकारी प्रदान गर्नुभएको थियो। कृषि शाखा प्राबिधिक टोप बहादुर वलिले कृषि सम्बन्धि जानकारी दिनुभएको थियो। नेपाल बैक लि. वामी शाखा प्रमुख राजु अर्यालले सहुलियता कर्जा र बित्तिय क्षेत्रको बारेमा प्रकाश पार्नुभएको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागी उद्ममीहरुले आ-आफ्ना समस्याहरु राखेका थिय । यस्तो सरोकारवालाहरुसंगको अन्तरक्रियाले आफुहरुले धेरै कुरा सिक्न पाएको सहभागीहरुले बताएका छ्न् ।
उक्त अन्तरक्रियाको दायित्वका निरन्जन पाण्डे र सुर्य रिजालले सहजीकरणमा भएकाे थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs