५ फाल्गुन
मनु सुनार मनसुन । गुल्मीको पराल्मीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । बुधबार सदरमुकाम तम्घास देखि रेसुङ्गा नगरपालिका –१४ पराल्मीको छाप भन्ने स्थानमा जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप ठुलो पँधेरो भन्ने स्थानमा सडक देखि करिब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनाको जानकारी पश्चात घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निक्षिक महेश्वर उपाध्यायको कमाण्डमा ११ जनाको टोली खटि गएको थियो ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका ४७ वर्षीय यकराज पोख्रेलको घटनास्थलमै ज्यान गएको हो। सोही स्थानकी २८ वर्षीय शान्ति नेपाली र २७ वर्षीय गोमा नेपाली उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी वर्ष ३७ का वीर बहादुर सुर्यवंशी गम्भिर घाइते भएका छन् । सवारी चालक २२ वर्षीय भरत पोख्रेल घाइते भएका छन् । यस्तै ३७ वर्षीय गोमा नेपाली, ६६ वर्षीय देव बहादुर नेपाली घाइते भएका छन् । २७ वर्षीय प्रकाश नेपाली, उनकी छोरी बर्ष ४ कि खुसी नेपाली घाइते भएका छन । अन्य ३ जनाको अबस्था सामान्य रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs