६ फाल्गुन , खुल्लाज्यूज
प्रेम सुनार । पछिल्लो समय गुल्मीमा निकै डरलाग्दा घटनाहरु घटिरहेका छन । एक पछि अर्को घटना भैरहदा, यतिबेला भने जिल्लाकै सदरमुकाम नजिकै अर्को रहस्यिमय घटना घटेको छ । गत माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही नचिनेका युवाहरुले बेपत्ता बनाए ।
बुहारी हराएको खबर उनकी सासु तोमकला खत्रीले छिमिकीलाई जानकारी गराईन । खोज खबर गर्दा कतै पनि नभेटिएपछि घटना जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुग्यो । फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेपत्ता भईन सोधपुछ ग¥यो । केही समय हिरासतमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हिरासतमै राख्यो । अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झुण्डिएको अबस्थामा मृत फेला परिन ।
घरबाटै बेपत्ता भएको छोरीको खोजतलास गरिदिनु प¥र्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।
उजुरी दुई थरि बन्यो, बेपत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आत्माहत्या गर्न आफ्नी आमालाई बाध्य पारेको भन्दै प्रहरीमा आत्माहत्या दुरुसाहनको मुद्धा दर्ता गरे ।
अझै अचम्मको कुरा त आफ्नो छोरी खोजीदिनु प¥र्यो भन्दै उजुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।
परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहका जिल्ला पार्टी अध्यक्ष सोमनाथ सापकोटा नेताहरु बुद्धि जिसी, हिरा ए.सी. , मुसिकोट ३ का वडाध्यक्ष कर्णबहादुर जिसी बिद्यार्थी नेता श्रीराम महत लगायतले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र एस.पी. प्रविण कुमार श्रेष्ठलाई घटनाको बारेमा गहिरो अध्यायन गर्न सुझाए । छोरीको खोजी पाउँ भन्दै प्रहरी प्रशासन आएका बाबुलाई नै हिरासतमा लिनु यो कस्तो अचम्म । के हो यसको रहस्य ? नेताहरुले प्रश्न गरे ।
आत्महत्या नगर्दै मृतक सासुको बयान के भनिन प्रहरीसंग ?
बुहरी हराएको दुईदिन पछि आत्माहत्या गरेकी सासु तोमकलाले आत्महत्या नगर्दै प्रहरी समक्ष बुहारी हराउनुको रहस्य यसरी खोलिन । विहिवार राती हामीले खाना खाईसकेपछि ३ जना अपरिचीत युवाहरु घरमा आएको र बुहारीसंग घरको किचन मै बसेर बुहारी सहित चारै जनाले मदिरा सेवन गरेका हुन । विहानपख उनीहरुसंगै भागेका गए उनले भनिन ।
माईति पट्टिका छिमेकी श्रीराम महतले ‘घरमा छोरा नभएको बेला त्यो पनि रातको समयमा परपरुष आउँदा छोरालाई फोन गरेर जानकारी दिन र गाउँवासीसंग गुहार माग्न पर्नेकी नपर्ने ? अर्को कुरा सासुकै सामु बुहारीले परपुरुष घरमा बोलाईन भनेर कसरी पत्याउन सकिन्छ ? ’ यो कुरा निकै कपोकल्पित जस्तो लाग्छ । साथै महतले भने बुहारी हराएको मुद्दा ओझेल पार्न माइती विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा  दर्ता गरिएको छ । आरोपकै भएमा बिना कुनै अध्ययन मुद्दा दर्ता गरिनु प्रहरी प्रशासनको लापरबाही भएको जिकिर गरे । बिरुद्ध आत्माहत्या दुरुसाहनको मुद्धा प्रहरीले निकै हतारोमा दर्ता गर्नु आपत्तीको बिषय हो मुसिकोटका मेयर सापकोटाले प्रतिकृया दिए । यता बुहारी हराएको छ उता सासुले आत्महत्या गरिन, यो कसले कसलाई दुरुत्याहन ग¥र्यो ? तपैले बुझेर दर्ता गर्नु भो कि लहडमा सापकोटाले प्रहरी प्रमुख श्रेष्ठलाई प्रश्न गरे । मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष कर्णबहादुर घर्ति क्षेत्रीले कतै भने प्रहरीले ठुला अपराधका घटनको मुद्धा दर्ता गर्न आनाकानी गर्ने कतै भने बेपत्ता महिलाको घटना ओझेलमा पार्न माईती बिरुद्ध नै आत्माहत्याको दुरुसाहन मुद्धा दर्ता गर्ने ? यस्तो पनि न्याय संगत हुन्छ र ।
विहिवार सयौं नागरिकहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ मात्र गरेनन सुरक्षाकर्मीलाई धकेल्दै प्रशासन कार्यालय भित्रै छिरे । फितलो प्रशासन मुर्दावाद , हराएकी बुहारी खोजी गर । भाडगाउँ घटनाको छानविन गर लगायतका नारावाजी गर्दै जिल्लाको प्रहरी प्रशासनलाई निरिह भएको संज्ञा दिए ।
साथै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका अगुवाहरुले प्रहरी प्रमुख एसपी प्रविणकुमार श्रेष्ठलाई अपराधीक घटनाका दोषीहरु पत्ता लगाउनुस नत्र झोला बोकेर घरतिर जानुस भनेर चुनौती दिए ।
एक हप्ता पुग्दासम्म पनि न सासुको शव दाहसंस्कार गर्ने वातावरण बनेका छ न त हराएकी बुहारी खोज्न प्रहरीले सकेको छ ’– रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीले भने–‘ प्रहरी प्रमुख तपाईको यस्तो असक्षमता हेरि रहनु भन्दा तपाई झोला बोकेर घरतिर गए हुन्छ ।
प्रहरी प्रमुख मनिलो अनुहार बनाउँदै भन्छन, के गरुँ काम नगरेको होईन तर परिणाम हाता लाग्न नसक्दा म असफल भएको म आफैले महशुस गरेको छु । त्यहाँ सहभागि हरेक नागरिक अगुवाहरुले प्रहरी प्रमुख एसपी श्रेष्ठको क्षमता माथी नै प्रश्न चिन्ह खडा गरेका छन ।

सम्झनाका पतिप्रति आशंका
सम्झनाका पति गाडी चालक हुन । मुसिकोट साईडमै गाडी चलाउने क्रममा तम्घासको शिद्धबाबा माविमा कक्षा ११ मा पढ्दै गरेकी मुसिकोट गाउँकै सम्झना बोहरालाई प्रेम गरी तीन बर्ष अघि भागि बिबाह गरेका थिए । उनीहरुको १५ महिनाको छोरा समेत छन । मायाँप्रीती लाएर विवाह बन्धनमा घरबार सुरु गरेका यि जोडीको एक वर्ष वित्दैबाट खटपट सुरु भयो । दुई बर्षयता उनले श्रीमतिलाई कुटपिट गर्ने हेला गर्ने र तृस्कार गर्दै आई रहेको सम्झनाकी बहिनी सिर्जना बोहरो बताउँछिन । उनी बेपत्ता हुनुको साँझ करिव ५ बजेको समयमा दिदीले फोन गरेर सासुले घर छाडेर जा यहाँ बस्न पाईदैन भन्दै गालीगलौज गर्नु हुन्छ भनेर दिदी रुँदै हुनुहुन्थ्यो । पछि ८ बजेतिर पनि फोन गर्नु भएको थियो सिर्जनाले भनिन–अहिले अनेक बाहना बनाएका छन दिदीलाई मारेरै फालेको आशंका गरुेका छौं । विहिवार राती देखि उनी बेपत्ता भईन । बुधबारको दिन सिर्जनाले दिदीलाई सोधिन भेना खोई भनेर उनले उहाँ काठमाण्डौं जानु भएको छ भनेर दिदीले जवाफ दिईन । सिर्जनाले भनिन तेरो बुढाको कुरा खुब पत्याृँछेस उहाँलाई मैले तम्घासको क्याम्सरोडमा गाडीमा बसेको देखेकी हुँ ।
श्रीमति बेपत्ता भएको दोश्रो दिन विहान करिव ९ बजेको समयमा एक जना माईतीजनले फोन गर्दा काठमाण्डौं छु भन्ने जवाफ दिए,श्रीमानले लगत्तै अर्को माईतीजनले फोन गर्दा बुटवल छुृ भन्ने जवाफ दिए ।
उनले फरक फरक बयान दिएको प्रहरी प्रबक्ता डिएसपी पुर्षोत्तम प्रसाद पाण्डेनै बताउछन । उनले पटक पटक श्रीमति कुटपिट गर्दै आएको बहिनी सिर्जना बताउछिन । दिदीको शरिरमा अझै डाड छन उनले भनिन–‘ त्यसदिन राती पनि दिदी कुटपिटमा परिन भन्ने हामीलाई लागेको छ ।
उनी एक रात एक दिन प्रहरीले हिरासतमा राखेर राजनैतिक दवाव आए पछि अर्को दिन छाडि दिए । त्यस पछि उनैले माईतीजन विरुद्ध आत्माहत्या दुरुसाहनको मुद्धा दायर गरे ।
प्रहरीले निष्पक्ष छानविन गर्न नसकेका कारण यस घटनाले उग्र रुप लिने नागरिक अगुवाहरुले चेतावानी दिएका छन । प्रशासनमा विहिवार प्रहरी र नागरिकहरु विच झडप समेत हुन पुगेको छ । सिडियो र एसपी दुबैले गुल्मी छाड भन्ने नारा समेत लगाईयो ।
गुल्मीकी पहिलो महिला सिडियो रुद्रादेवि शर्मा प्रहरीको असक्षमताका कारण निकै अफ्ठ्यारोमा परेको देखिन्छ । उनीसंग हरेक अपराधका घटनाका बिषयमा जिज्ञासा राख्दा अनुसन्धान भईरहेको र छिट्टै सफलता हात पर्ने बताउँछिन तर प्रहरीले कहिल्लै अपराधी पत्ता लगाउन सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय