७ फाल्गुन, खुल्लान्यूज
माधव ज्ञवाली । गुल्मीको श्रृङ्गामा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ। पछिल्लो समय ट्राफिक नियम विपरीत सवारी साधन चलाउने क्रम बढ्न थालेपछि सो स्थानमा नियमित सवारी चेकिङ गर्दै आइरहेको ट्राफिक प्रहरी जवान कपिल गौतमले जानकारी दिए । एक महिनाको अन्तरालमा मात्र सवारी कारबाहीबाट ७२ हजार राजस्व संकलन गरिएको उनको भनाई रहेको छ।
ट्राफिक नियम विपरीत सवारी चलाउने चालक तथा सवारी साधनलाई गरिएको कारबाहीबाट सो राजस्व संकलन गरिएको प्रहरी जवान गौतमले बताए । अधिकांश सवारीचालक अनुमति पत्र लाइसेन्स नभई चलाउने, तीब्र गतिमा सवारी चलाउने,हेल्मेट प्रयोग नगरी चलाउने,इजाजत विना सवारी चलाउने तथा कागजपत्र नभएका सवारीसाधन कारवाहीमा पर्दै आएको उनले बताएका छन ।
यसरी ट्राफिक प्रहरीको विशेष सक्रियतामा गरिने नियमित चेकजाँचले दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुर्याउने उनको भनाई रहेको छ। ट्राफिक प्रहरी संगै सवारी चालकले पनि सचेतता पुर्वक सवारी चलाएमा दुर्घटना न्यूनीकरण गर्न सकिने पनि प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय