७ फाल्गुन, खुल्लान्यूज
जिल्लाब्यूरो । गुल्मी जिल्लामा पछिल्लो समय दिनहु जसो जघन्य अपराधिक घटनाहरु भैरहेका छन । तर प्रहरी प्रशासनले एउटा पनि घटनाको दोसी सार्बजनिक गर्न सकिरहेको छैन । घटनाको बारेमा न त प्रहरीले नागरिलाई बिश्वस्त पार्न सकेको छ । न त अपराधी फेला पार्न नै सकेको छ । जिल्लावासी धेरै नागरिकहरु जिल्लामा शान्ति सुरक्षा नभएको भन्दै त्रशित भैरहेका छन ।
पछिल्लो पटक गुल्मीको भाडगाउँमा एक साता पहिले भएको रहस्यमय घटनाले अहिले जिल्लाभर तरङ्ग फैलिएको छ । जिल्लाकै सदरमुकाम तम्घासबाट आधा घण्टाको दुरीमा भएको निकै डरलाग्दो घटनाले सबैलाई झस्काएको छ । रेसुङ्गा नगरपालिका ३ भाडगाउँ निवासी टोमकला खत्रीको घरमा माघ २९ गते राती सासुबुहारीले खाना खाईसकेको बेलामा ३ जना माक्स लगाएका युवाहरु प्रबेश गरे । केही समयमै १५ महिनाको नाती र टामकलालाई छुट्टै कोठामा थुनेर राखे । रातभर बुहारी सम्झना खत्री बोहोरासंगै बसेर बिहानपख ३ जनाले सम्भनालाई बेपत्ता बनाए । कसैलाई नभन्नु भनेका कारण प्रहरीसंम्म यो घटनाको फेहरिस्त पुग्न ढिला भयो ।
फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेपत्ता भईन सोधपुछ ग¥यो । केही समय हिरासतमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरा नेत्रबहादुर खत्रीलाई हिरासतमै राख्यो ।
घटना माथी अर्को घटना थपियो । साँझ घर फर्किएकी ४८ बर्षीया तोमकला खत्री अर्कोदिन बिहान घर नजिकैको खनियाँको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परिन । उनले आत्महत्या गरेको जानकारी पछि छोरा नेत्रबहादुरलाई प्रहरीले कुनै प्रकृया बिना हिरासत मुक्त ग¥र्याे ।
टोमकलाको शबको अझैसम्म पोस्टमार्टम हुन सकेको छैन । घरपट्टिकाले आफ्नो छोरी हराएकोमा बढी तनाब सासुलाई दिएको कारण टामकलाले आत्महत्या गरेकी हुन भन्ने दाबी गर्दै आत्माहत्या दुरुत्याहनको मुद्धा दर्ता गराए । उता घरबाटै बेपत्ता भएको छोरीको खोजतलास गरिदिनु प¥र्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आए । तर उजुरी लिएर आएका सम्झनाका बाबु हिरा र फुपु मिठु बाहोरालाई नै प्रहरीले हिरासतमा राख्यो ।
यो घटना दिनप्रतिदिन झनै रहस्यमय बन्दै गएको छ । नागरिकहरु प्रहरी प्रशासनप्रति निकै आक्रोशित बनिरहेका छन । बिहिबार सार्बसाधारणहरु नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय भित्रै पुगे । कुनै पनि आन्दोलनमा गेटभन्दा भित्र छिर्न नपाउने आन्दोलनकारीहरु सुरक्षाकर्मीको कुनै मतलबनै नगरि सिधै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगे । सुरुमा महिला सिडियो भन्दै निकै हौसिएका जिल्लावासीले उनै सिडियोलाई निरिहको शंज्ञा समेत दिए ।
जिल्ला प्रहरी प्रमुख प्रबिणलाल श्रेष्ठ पनि सिडियोको कार्यकक्षमै थिए । न्याय नपाएर आन्दोलित भएका नागरिकहरु एपी श्रेष्ठसंग जवाफ मागी रहेका थिए । न त सिडियो रुद्रादेवी शर्माबाट कुनै आशा लाग्दो निर्देशन भयो न त एपी श्रेष्ठले नागरिकलाई विश्वस्त पार्न सके । आन्दोलनकारीले हराएकी सम्भनाको १५ महिनाको छोरालाई सिडियो शर्माकै कार्यकक्षमा छाडेर गए । देख्दा लाग्थ्यो यो कुनै रियल घटना नभएर सिरियल वा फिल्मको सुटिङ्ग हुदैछ । साँझ मात्र आफन्त आएर १५ महिनाको छोरालाई लगे ।
अझैपनि घटनाको कुनै नालिबेली सुरु भएको देखिदैन । एउटा मात्र घटना भएको भए नागरिक यति आक्रोशित हुनेपनि थिएनन । जिल्लामा पछिल्लो समय यस्ता दर्जनौ घटना घटिसके तर अपराधि भेटाउनै नसकेर प्रहरी प्रशासन हैरान परेको छ । प्रहरीले हुन्छ, हामी अनुसन्धान गर्दैछौ भन्ने बाहेकको जवाफ नागरिकलाई दिन सकेको छैन ।
विगत ६ महिना यताका केही मुख्य अपराधिक घटना :
जिल्लाकै ईस्मा गाउँपालिका १ छिनुवाखोला भन्ने ठाउँमा पसल गर्दै आएका २१ वर्षका मोतीबहादुर कुबँरको उनकै पसलमा निकै दर्दनाक हत्या भयो । गत भदौ महिनामा भएको घटनाको अहिलेसम्म प्रहरीले हत्यामा सम्लग्नलाई भेटाउन सकेको छैन ।
गुल्मी दरबार गाउँपालिका ४ बस्ने ३८ वर्षका नारायण पाध्य शर्मा चुदाली बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मंसिरमा मानव बेचबिखन विरुद्ध मुद्धा दर्ता भएको छ । उनले गत कात्तिकमा १७ वर्षिय बालिकालाई भारत लगि बेचेको आरोप छ । आरोपित बिरुद्ध जिल्ला अदालत गुल्मीले मंसिरमै पक्राउपुर्जी जारी गरेको थियो । तर बालिकाका आफन्तहरुले पटक–पटक प्रहरीलाई जानकारी गराउदा आरोपित गाउँमै हुँदा पनि प्रहरीले पक्राउ नगरेको गुनासो गर्छन ।
रेसुङ्गा नगरपालिका पराल्मीका ४५ वार्षिय तुलबहादुर बिकको गत माघ ३ गते घाँस काटन जंगलमा गएका उनि भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको अबश्थामा फेला परे तर अझैसम्म प्रहरीले अपराधिको छेउटुप्पो मेसो पाएको छैन ।
गत पुषमा सदरमुकामको बजारमै धामीले तातो छडले डामेर ईस्मा गाउँपालिकाका ६४ वर्षका रामबहादुर मुखियाको ज्यान गयो । आरोपित धामी र उनिकी पत्नीलाई प्रहरीले गिरफ्तार त गरेको छ । अनुसन्धान गरिरहेको छ । तर प्रहरी प्रशासनको पछिल्लो अबश्था देखिर मृतकका आफन्तहरु विश्वस्त छैनन ।
उता चन्द्रकोट गाउँपालिका ३ हर्राचारौमा वडा अध्यक्षकै छोराले सञ्चालन गरेको लाखौको बाख्रा फर्ममा आगलागी भएर क्षती भयो । महिनौ बितिसक्दा पनि अपराधी फेला परेन ।
मालिका गाउँपालिका घमिरमा ३ पटकसम्म वडा कार्यालय टोडफोड भयो । तर अझैसम्म अपराधिक कार्य गर्ने मान्छे प्रहरीले पक्राउ गर्न सकेन ।
सदरमुकाम तम्घास नयाँबजारमै चोरी भयो । अझैसम्म चोरी गर्ने ब्याक्ति फेला पर्न सकेन । गुल्मीकी पहिलो महिला सिडियो रुद्रादेवि शर्मा प्रहरीको असक्षमताका कारण निकै अफ्ठ्यारोमा परेको देखिन्छ । उनीसंग हरेक अपराधका घटनाका बिषयमा जिज्ञाशा राख्दा अनुसन्धान भईरहेको र छिट्टै सफलता हाता पर्ने बताउँछिन तर प्रहरीले कहिल्लै अपराधी पत्ता लगाउन सकिरहेको छैन ।
यि प्रतिनिधी मुलक घटना हुन । किन यसरी निरिह बन्दै छ गुल्मीको प्रहरी नेतृत्व, नागरिकहरु असुरक्षित र दुखि बनेका छन । आशा छ सबै घटनाको अपराधिहरु छिट्टै पत्ता लागोस । प्रहरीलाई सफलता मिलोस नागरिकलाई शान्ती र सुरक्षाको आवास होस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय