७ फाल्गुन,खुल्लान्यूज
एजेन्सी । बाग्लुङको ग्वालीचौर घर भएका एक युवकले जापानमा आत्माहत्या गरेका छन । रोजगारीको शिलशिलामा बिगत ८ वर्षदेखि जापानको आइचिकेनको खासुगाई सिटिमा बस्दै आएका थिए ।
पौदी समाज जापानका अध्यक्ष गोबिन्द भुषालले दिएको जानकारी अनुसार ३७ वर्षिय आचार्य श्रीमती समेत जापानमा बस्दै आएका थिए । गत सोमबार राती उअन्ले आफ्नै डेरामा आत्माहत्या गरेको प्रहरीले अनुमान गरेको छ।
कुक काम गर्दै आएका आचार्य दम्पती बिच बिगत केहि समयदेखी बिमेल रहेको जानकारहरुले बताउछन । सम्बन्ध चिसिएपछी छुट्टाछुट्टै डेरामा बस्दै आएका उनिहरु बिच गत शनिबार फोनमा कुराकानी भएको पत्नी सरस्वती आचार्यले बताइन । उनको ५ वर्षकी छोरी नेपालमै छन । बन्द कोठामा चुकुल लगाएको अबस्थामा मृत भेटिएको हुनाले आत्माहत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । samudrapari.com

प्रतिक्रिया

सम्बन्धित खवर