१० फाल्गुन,खुल्लान्यूज
जिल्लाब्यूरो । गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीको हत्या गरेकी हुन । सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत यो घटनालाई सार्वजनिक गरेको छ ।
फागुन ८ गते मनकलाका ससुरा आफ्नै ओछ्यानमा मृत अबश्थामा भेटिएका थिए । घटना रहस्यमय बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गतेनै उनकी बुहारीलाई पक्राउ गरेको थियो ।
अदालतबाट म्याद थप गरि घटनाबारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय