हुमाकान्त पोखरेल
गुल्मी, १२ फागुन । हेफर इन्टरनेशनल नेपालको आधाशिला तालिमपछि तालिमका सहभागिहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । एकीकृत ग्रामिण विकास समाज गुल्मीद्धारा संचालित हेफर इन्टरनेशनल नेपालले मालिका गाउँपालिका –५ छापहिलेमा गत फागुन ९ गतेदेखि तीन दिनसम्म सकारात्मक सोच तथा स्व–नेतृत्व बृद्धि विकासका लागि तालिम दिएको थियो । तालिममा छापहिलेका २३ पुरुष सहभागि थिए । सकारात्मक सोचको तालिमपछि तालिमको अन्तिम दिन छापहिलेकै चारजना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई एक बर्षको लागि पुग्ने एक दर्जन कापी, कलम तथा ज्यामेट्री बक्स प्रदान गरेको हुन् । कक्षा ६ मा पढ्ने गिता घर्ती मगर, उनकी बहिनी कक्षा ४ मा पढ्ने संगिता घर्ती मगर, कक्षा ४ मा पढने बर्षा महतरा र देवकला परियारलाई शैक्षिक सामग्री प्रदान गरिएको एकीकृत ग्रामिण विकास समाजका परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs