हुमाकान्त पोखरेल
गुल्मी, १७ फागुन : गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –३ भागडाउँमा युवतीको शव फेला परेको हो । सोमबार बिहान स्थानीय लाल बहादुर वि.क. घाँस काट्न जाँदा गन्ध आएको र जनप्रतिनिधि, प्रहरी लगायतले हेर्दा युवतीको शव रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । मुख बोराले छोपिएको, शरिर स्याउलाले ढाकेको, ढुङ्गाले च्यापेको तथा सडेको अवस्थामा उनको शव फेला परेको पाण्डेले जानकारी दिए । गत माघ २९ गते अर्थात १८ औं दिन रातीदेखि बेपत्ता स्थानीय २१ बर्षिय युवती सम्झना बोहोरा पनि बेपत्ता छिन् । उनको घर नजिकै फेला परेको शव सम्झनाको हुनसक्ने पनि अनुमान गरिएको छ । तर सम्झनाका माइती पक्षले घटनाको दोषीलाई पत्ता नलगाए सम्म शव उठाउन नदिने भनेपछि शव उठ्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




