२१ फाल्गुन
राजधानी । नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । बैठकमा ज्येष्ठ सदस्य झलनाथ खनालले अध्यक्षता गरेका थिए । शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका चारजना सांसद उपत्यका बाहिर रहेको प्रचण्ड–माधव समूहले बताएको छ । 
बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । 
प्रधानमन्त्री ओलीले गत पौष ५ मा प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । सर्बोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि प्रधानमन्त्री ओलिलाई अल्पमतमा पार्दै विधिवत रूपमा दलको नेतामा दाहललाई छानेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर