२१ फाल्गुन
बुटवल । भब्य तामजाम महंगो स्टेज त्यसैमा नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेल प्रमुख अतिथी । मोतिपूर औद्योगिक करिडोर शिलन्यास कार्यक्रम, त्यसैत सरकारका शक्तिशाली मन्त्री त्यो पनि आफुले नै निर्बाचन जितेको क्षेत्र । अघुवा पछुवा उच्च सुरक्षा सहितको स्कटिङ्गमा मन्त्री पौडेल कार्यक्रम स्थल पुगे । के पि ओली सरकारले संसद बिघटन गरेपछि जनता तथा आफ्नै पाटीका कार्यकर्ताहरुको अबरोध र कालो झण्डा त मन्त्रहिरुले पचाएकै थिए । तर यसपाली भने कार्यक्रम स्थलनै छाडेर भाग्न बाध्य भए मन्त्री पौडेल । उनिसंङ्गै वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट पनि भागाभागमा परे ।
शुक्रबार रुपन्देहीको मोतिपूर औद्योगिक करिडोर शिलन्यास कार्यक्रममा प्रमुख अतिथी रहेका मन्त्री पौडेल सर्बसाधारणको अबरोधको बाबजुत बल्लतल्ल शिलन्यास त भ्याए त्यसपछि स्टेजमा पुगेर मन्तब्य राख्ने क्रममा स्थानिय जनताले कार्यक्रम स्थलमा राखिएका कुर्सीहरु झिकेर फाल्न थाले, मञ्च नै भत्काउन अगाडी बढे र हो हल्ला गर्न थाले त्यति मात्र गरेनन मन्त्रीलाई नै ताकेर ढुङ्गा प्रहार गर्न थाले सहभागीकै हाराहारीमा रहेको सुरक्षाकर्मीले पनि स्थानिय नागरिकको बिरोधलाई नियन्त्रण गर्न सकेन अन्तत मन्त्री पोडेल बोल्दाबोल्दै स्टेजनै छाडेर कुलेलाम ठोके । कतिपयले पूर्वमन्त्री तथा नेकपा प्रचण्ड माधब समुहका प्रभावशाली नेता घनश्याम भुषालको निर्देशनमा पौडेलको कार्यक्रम बिथोलिएको समेत भने र प्रधानमन्त्री के पी शर्मा ओलीले बिकास बिरोधीले रुपन्देहीमा मन्त्री पोडेल माथी ढुङ्गामुढा गरिएको बताए । तर वास्तबमा कुरा त्यसो नभएको स्थानियहरुले दाबी गरे ।
किन स्टेजनै छाडेर भागे त मन्त्री पौडेल ?
प्रस्तावित मोतिपूर औद्योगिक करिडोरको कारण करिब ३ हजार घरपरिवार बिस्तापित हुने कारण स्थानियहरु आक्रोशित भै उनलाई लखेटेको स्थानियको भनाई छ । करिडोरको लागी अतिक्रमण गरिएको ८ सय १३ बिगाहा जमिन मध्ये २ सय पचास बिगाहा जमिनमा ३ हजार बैसट्ठी घरपरिवार बसोबार गर्दै आएको र करिब १ हजार बिगाहा जमिन सरकारले रातारात निर्णय गरेर औद्योगिक क्षेत्रको नाममा नामसारी गरेको स्थानियले आरोप लगाए ।
विकास र समृद्धिको लागी करिडोर अत्यान्तै आबश्यक छ ।
शुक्रबार सांझँ नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष राजु गुरुङ्ग र सचिब निर्मल जि सीले एक बक्तब्यमा विकास र समृद्धिको लागी करिडोर अत्यान्तै आबश्यक रहेको बताएका छन । उनले वातावरणिय प्रभाव प्रतिवेदनले समेत स्वीकृत नदिएको प्रस्तावित करिडोर स्थानिय जनताको असहमतीका बिचमा शिलन्यास गर्न खोजेकोप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन । ३ हजार भन्दा बढी घरपरिवार विस्तापित हुने कुरा स्वम अर्थ मन्त्रीलाई थाहा हुँदाहुँदैै एकलौटी तरिकारले स्थानिय जनतासंग कुनै परामर्श नगर्नु विस्तापित जनताको उचित ब्यावस्थापन बिनै करिडोरको शिलन्यास गर्न खोज्नु पौडेलको सामन्तवादी प्रबृति भएको भन्दै आपत्ती जनाएका छन ।
शिलन्यासको हल्ला गरेर जग्गा दलाली गर्न खोजे ।
नेकपा प्रचण्ड माधव समुहका नेता तथा सांसद घनश्याम भुषालले स्थानिय बासिन्दालाई उचित ब्यावश्थापनको विकल्प नदिई, उनिहरुसंग सामान्य छलफल समेत नगरि सयौ सुरक्षाकर्मीको घेरा लगाई केवल राजनितिक प्रचारको लागी कामचलाउ सरकारका मन्त्रीहरुले नागरिक माथी दमन गरेको घटनाले उनिहरुको जनबिरोधी मुखुण्डो उदाङ्गो भएको बताएका छन ।
वातावरणिय प्रभावको मुल्याङ्कन गरि स्थानिय बासिन्दाहरुको उचित ब्यास्थापन गरेर मात्र औद्योगिक क्षेत्रको काम सुरु गर्ने सहमती भएको थियो । हिजो निर्बाचनका बेला मन्त्री पौडेलले स्थानिय बासिन्दाको समस्या समाधान नभैकन करिडोर बारे कुनै काम भए मैले राजनितीबाटै सन्यास लिन्छु भनेका आज उनैले नगरिक माथी लाठी बर्साउदै शिलन्यास गर्न खोज्नु जनतालाई दुख दिएर अरु कुनै नजायज फाईदा लिन खोजेको हो, त्यसो हुन आफुले नदिने समेत भुषालले बताएका छन । साथै भुषालले करिडोरको हल्ला चलाएर जग्गा दलालीको लागी वातावरण गराउन खोजेको आरोप समेत लगाएका छन ।
हिम्मत भए परिचय सहित करिडोरको बिरोध गर्न सडकमा आउनु ।
मन्त्री पौडेल पक्षिय नेता तथा कार्यकर्ताहरुले स्थानियवासीसंग २०७२ सालदेखि नै छलफल गरेरै करिडोरको काम अगाडी बढेको बताएका छन । मन्त्री पौडेलले औद्योगिक क्षेत्रमा परेका भुमिहिन सुकुम्बासीको ब्यावस्थापनको जिम्मा सरकारले लिन्छ । कसैले उक्साएर अबरोध गर्दैमा औद्योगिक करिडोर निर्माण रोकिदैन । अब तिब्र गतिमा काम अगाडी बढ्छ भनेका छन । हिम्मत भए पर्दा उघारेर परिचयका साथ करिडोरको बिरोध गर्न सडकमा आउन पौडेलले चुनौती समेत दिए ।
कार्यक्रममा सङ्गै रहेका वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले यहाँका जनतालाई विस्तापित नगर्ने साथै विकास विरोधी कोही पनि हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर