२२ फाल्गुन
मनु सुनार मनसुन । नेकपा प्रचण्ड–नेपाल समुहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) गुल्मी जिल्ला कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का जिल्ला कार्यालय सदस्य भुपाल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्याक्रममा नेकपा गुल्मीका युवा नेता ओम कार्कीको विशेष आतिथ्यता रहेको थियो । सगठनका अध्यक्ष नवीन अर्यालको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सचिब किसन पाण्डेले गरेका थिए।
अनेरास्ववियू पुर्व जिल्ला संयोजक राजेन्द्र बिक्रम कुँबर, अनेरास्ववियूका नेता राजन के.सीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५ सदस्यीय जिल्ला कार्यालय, ३३ सदस्यीय जिल्ला सचिवालय सदस्य रहने गरि सगठनलाई पूर्णता दिएको अध्यक्ष नवीन अर्यालले बताए । गत फाल्गुन ८ गते गुल्मी जिल्ला भेलाबाट ९९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको थियो । अनेरास्ववियू जिल्ला कमिटीबाट बिदाई हुनुहुने पूर्व संयोजक राजेन्द्र बिक्रम कुँवर, पूर्व सह–संयोजक भरत चन्द, पूर्व संगठन बिभाग प्रमुख श्रीराम महत र पूर्व सचिवालय सदस्य राजन के.सी लाई संगठनमा रहदा गरेको योगदानप्रती उच्च सम्मान र मुल्यांकन गर्दै बिदाइ समेत गरिएको छ । 
जिल्लामा अनेरास्ववियू संघिय निर्वाचन क्षेत्रगत कमिटीको जिम्मेवारी तोकिएको छ । अनेरास्ववियू गुल्मीमा संघिय निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बालेन श्रेष्ठ र निलम ठड्राई सहसंयोजक, प्रदेश सभा क मा विष्णु प्रसाद भण्डारी र प्रदेश सभा ख मा विकास ज्ञवाली चयन गरिएको छ । संघिय निर्वाचन क्षेत्र नं. २ को संयोजकमा सन्तोष कुवँर क्षेत्री र सागर खत्री सह–संयोजकमा चयन भएका छन । कार्यदलमा प्रदेश सभा क मा सागर खत्री, प्रदेश सभा ख मा अमृत थापा र इन्द्र पोख्रेललाई जिम्मेवारी दिएको बताइएको छ ।
अनेरास्ववियू गुल्मी जिल्ला कमिटीको संगठन विभागीय प्रमुख रमेश पाण्डे र अशोक नेपाली, आर्थिक विभागमा हुमकान्त पोख्रेल, सांस्कृतिक विभागमा अनिश सुनार, खेलकुद विभागमा हरि कुवँर, कपिल पाण्डे, सागर मल्ल र हिमाल कुवँर, प्रचाप्रसार विभागमा हुमाकान्त पोख्रेल र मधुसुदन पाण्डे, महिला विभागमा लक्ष्मी अर्याल र सिता वि.क, उत्पीडीत विद्यार्थी विभागमा विष्णु वि.क, अशोक नेपाली साथै जनजाती विभागमा विशाल थापा र भरत मुखिया चयन भएको सचिब किसन पाण्डेले जानकारी गराए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय