२३ फाल्गुन
नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड माधब) समुह गुल्मीका युवा नेता तथा अधिबक्ता हिरा ए सिले सामाजिक संजाल आफ्नो फेसबुक स्टाटस मार्फत आज अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको दाबी गरेका छन । उनले बाटोमा कालो बिरालो देखियो भनेर फर्कने होइन एकैछिन अडिएर अघि बढ्नुपर्छ भन्दै यो फैसला बदरभागी हुने समेत जिकिर गरे ।
अदालतको फैसला सम्बन्धमा अधिबक्ता ए सि को धारणा :
१. आजको सर्वोच्चको फैसला त्रुटिपूर्ण छ । यसमा फैसला पुनरावलोकनको माध्यमबाट अदालतमा निवेदन पर्नेछ र मागदाबी नै नगरिएको विषयमा अदालतले फैसला गरेकोले उक्त फैसला बदरभागी हुन्छ।
२. ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र हाम्रो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम एउटै भएको भन्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टी (माले) आदि नामका पार्टीको नाम पनि मिलेन र?
३. साविककै पार्टी अस्तित्वमा आउने हो भने त्यसपछी दर्ता भएका सन्ध्या तिवारीवाला नेकपा एमाले र गोपाल किरातीवाला नेकपा माओवादी केन्द्रको अस्तित्व के हुन्छ?
४. साविक एमाले र माओवादी केन्द्रको एकतापछि निर्वाचन समेत भैसकेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी नेकपा र सुर्य चिन्हबाट जितेका साम्सद विद्या भट्टराइ लगाएत प्रतिनिधि सभा र राष्ट्रिय सभाका साम्सद, प्रदेस साम्सद, गाउँ/नगरका जनप्रतिनिधिहरु कुन दलका ठहर हुन्छन् ?
५. ऋषि कट्टेलको दावी नाममा थियो एमाले र माओवादी केन्द्र मिल्नुहुँदैन भन्ने त थिएन नि ! त्यसैले मागदावी बाहिर गएर भएको यो फैसला गलत छ।
६. नाम मिलेको हो भने पनि बरु एकताका पक्षधरलाई अर्को नाम प्रस्ताव गर्न भन्नुपर्नेमा भैरहेको पार्टी एकताको निर्णय अदालतबाट बदर गर्न मिल्दैन। त्यसैले अदालतको निर्णय बदर हुन्छ ।
७. हो यो फैसलाले एकछिन अनिश्चितता अवश्य बढ्नेछ तर कम्युनिस्ट पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ, विचार नै प्रधान हो । व्यक्ति पुजकहरुको हुलले सामाजिक रुपान्तरण गर्न सक्दैनन् । कम्युनिस्ट रुझान राख्ने नेपाली समाजको असल प्रतिनिधि पार्टी हामी बनाएरै छाड्नेछौं । बाटोमा कालो बिरालो देखियो भनेर फर्कने होइन एकैछिन अडिएर अघि बढ्नुपर्छ। बढिनेछ। केही समयमा नयाँ परिस्थितिको निर्माण हुनेछ, धैर्य गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर