
बासुदेब पोखरेल
२६ फागुन, गुल्मी । गुल्मीको बर्बोट पुर्कोट सडकखण्ड स्तरोन्नतिको शिलान्यास भएको छ । एक कार्यक्रम गरि भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले बौद्धिक विधि र परम्परागतअनुसार शिलान्यास गर्नुभएको छ ।
मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीको अध्यक्षतामा रहेको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्य, प्रदेश सांसद दिनेश पन्थी, अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद चेतनारायण आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो। यस्तै सडक पुर्वाधार विकास कार्यालय प्रमुख गोपीराज पुन, भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयका नर्देशक भिमार्जुन पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
उक्त सडक २०७७ माघ २८ गते १६ करोड ५ लाख ३० हजार ५६१ रुपैयामा सम्झौता भई २०८० साल साउनसम्म सम्पन्न गर्नुपर्ने छ । कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले बजेटको अभावमा विकासको काम नरोकिने बताउनुभएको छ । उहाले निर्माण व्यवसायलाई समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।
हिन्दुम एसि जेभि बाग्लुङ्गका निर्माण व्यवसायी दीपक कुमार एडिले प्रयाप्त बजेटको सुनिश्चितता र स्थानियको अवरोध नभएमा समय अगावै १८ महिनामा काम सम्पन्न हुने प्रतिबद्धता जनाउनुभयो । यातायात पुर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डे बाटोको निर्माण कसरी गर्ने भन्ने प्राविधिक पक्षको बारेमा जानकारी गराउनुभयो ।
प्रदेश सांसद दिनेश पन्थीले सडक विस्तारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाले आगामी दिनमा पनि निरन्तर रुपमा विकासका काम लाग्ने उल्लेख गर्नुभयो । मदानेको धार्मिक एवं पर्यटकीय क्षेत्र कंके देउरालीमा ताल बनाउन सके स्थानियको जिवनस्तर माथि उठ्ने बताउनुभयो ।
मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले मदानेका लागि ग्राभेल गर्ने काम पहिलोपटक र एेतिहासिक भएको बताउनु भयो साथै विकास निर्माणका क्षेत्रमा मदाने अन्य गाउपालिका भन्दा कम नरहेको बताउनु भयो। विकासका काममा सबैलाई समान व्यवहार गरिएको उहाले बताउनुभयो ।
मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको स्वागत मन्तव्यमा रहेको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाईले गर्नुभएको थियो ।