२८ फाल्गुन
खुल्लान्यूज ।नेकपा एमालेका नेता तथा उपमहासचिव घनश्याम भुषालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई गम्भीर आरोप लगाएका छन ।
शुक्रबार बालुवाटारमा ओलि पक्षले नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक बसेर निर्णय सार्बजनिक गरे लगत्तै भुषालले सामाजिक सन्जाल आफ्नो फेसबुक स्टाटस मार्फत ओलिलाई त्यस्तो आरोप लगाएका हुन । उनले भनेका छन । “केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म वहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । वहाँले त्यही गर्दै आउनु भएको छ । आजको घटनाद्वारा वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ ।त्यसका लागि वहाॅलाई धन्यवाद छ । तर वहाँले बुझ्न एउटा कुरा बाँकी छ – कम्युनिष्ट आन्दाेलनलाई विघटन गर्न दिइने छैन, वहालाई असफल पारिनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर