२९ फाल्गुन
बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीविरुद्धको विद्रोहका लागि आफूले १९ पृष्ठ लामो प्रतिवेदन लेखेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा प्रचण्डले ओलीको गलत प्रवृत्तिलाई निस्तेज पार्न आफूले उक्त प्रतिवेदन लेखेको बताए। ओलिले सबिधाननै च्यातेर सिध्याउन खोजेको आरोप पनि लगाए ।
जनताले लडेर स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र माओवादी आन्दोलनले पैदा गरेको शक्तिलाई निस्तेज पार्न षड्यन्त्र गरेको प्रचण्डको दाबी छ। ओलिमा कम्युनिस्टपन कहिपनि नझल्किने केवल सत्ता र शक्तिको लागि जेपनी गर्न तयार रहने उनको प्राथमिकता रहेछ ।
प्रचण्डेले भने जुनदिनसम्म उनले भनेको लुरुलुरु मानिदै गयो उनी खुशी नै थिए, ओलिले अरुको कुरा सुन्नै चाहदैनथे । हामीले सोचियो साच्चिकै एकता गरियो भनेर तर ओलि आफुलाई पदमा रहनको लागि मात्रै एकताको नाटक गरेका रहेछन । ‘जब उनको गलत प्रवृत्तिका विरुद्ध अब लड्ने, लड्नुको विकल्प छैन। उनले जसरी यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने या माओवादी आन्दोलन र त्यसले पैदा गरेको शक्तिलाई निस्तेज पार्ने षड्यन्त्र अब पराकाष्ठमा पुग्यो। र, यसको विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर १९ पृष्ठ लामो दस्ताबेज मैले लेखेँ त्यो लेख्दै जाँदा मैले मुक्ति पाएको ठान्दै गएँ,’ उनले भने, ‘म अब केपी ओलीको निरङ्कुश षड्यन्त्रबाट मुक्त भएको मैले महसुस गरेँ। मैले भन्ने गरेको छु, माओले सांस्कृतिक क्रान्तिको बेलामा बमबार्ड द  हेडक्वार्टर भनेजस्तै मैले केपी ओलीको बुर्जुवा हेडक्वाटरमाथि बम हानेकै हो। त्यहीबाट लडाइँ सुरु भएको हो।’ अब हामी हाम्रै खुट्टामा उभिनु पर्छ र हामीले नै सबै परिवर्तनको रक्षा गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर