२९ फाल्गुन
राजधानी । तत्कालिन नेकपाका उपाध्यक्ष तथा नेकपा एमालेका सगठन बिभाग प्रमुख वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ । 
शनिबार बैठक बसि बिज्ञप्ति निकालेको उक्त समुहले बिधान भन्दा माथी कोहि नहुने र केन्द्रिय समितीको पूर्ण बैठकले समेत महाधिवेशनबाट निर्वाचित कोसैलाई हटाउन नमिल्ने उल्लेख गरेको छ । साथै जनभावना अनुरुप सच्चिएर अगाडि बढन र एकलौटी निर्णय फिर्ता गरेर पार्टीलाई एकताबद्ध गर्न ओलिलाई आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर