२९ फाल्गुन
राजधानी । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिशिल्ड खोप प्राथमिकतामा परेका ज्येष्ठ नागरिकलाई दिने अभियान चलिरहेको छ । आइतबारबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाएको १० दिनपछि चैत ४ गतेबाट ५५ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कार्यक्रम सञ्चालन हुने छ ।
तर, ज्येष्ठ नागरिक कोरोनाविरुद्धको खोप लगाउन इच्छुक व्यक्ति दोधारमा परेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाले बताए । कोरोनाविरुद्धको खोप लगाउने ज्येष्ठ नागरिक द्विविधासम्बन्धी उठ्ने प्रश्न तथा जिज्ञासा बारे डा. बाँस्तोलाले जवाफ दिएका छन् ।
१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न ?
– ढुक्क भएर लगाउन मिल्छ ।
२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ ?
– आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।
३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन ?
– लगाउन मिल्छ ।
४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ ?
– सकिन्छ ।
५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
– मिल्छ ।
६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ ?
– मिल्छ ।
७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ ?
– मिल्छ ।
८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ ?
– मिल्छ ।
९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं ?
– निर्धक्क खोप लगाउने ।
१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ ?
– लगाउने ।
११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?
– मिल्छ ।
१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
– कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौँ ।
१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
– लगाउन जरुरी छ ।
१४. मैले बाथको दबाई खाइरहेको छु के गरौँ ?
– खोप लगाउने ।
१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब ?
– लगाउनुपर्छ ।
१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।
१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।
१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ ?
– मिल्छ ।
१९. मैले डायलाइस गर्दै छु, के गरौं ?
– खोप लगाउने ।
२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
– खोप लगाउने ।
२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु ?
– आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहमा ।
२२. मैले चिल्लो कम गर्ने दबाईको सेवन गर्दैछु के मिल्छ ?
– लगाउन मिल्छ ।
टेकु अस्पतालमा खोप लगाउँन पुगेका मध्ये २ सय २४ जना वृद्धवृद्धासँग दीर्घरोगीलाई सोध्दा आएका प्रश्नको उत्तर डाक्टर बाँस्तोलाले दिएका हुन् । ratopati बाट लिइएको हो ।